Wednesday, 29 August 2018

मेरो देश र साना किसान


कविता


भौगोलिक विविधताले भरिपूर्ण 
कृषि प्रधान देश हाम्रो 
बुद्ध , सगरमाथा अनि पशुपतिनाथको मन्दिर
हेर्दामा पनि सारै राम्रो ।

हरेक कुरामा विविधता छन् 
भाषा धर्म संस्कृति अनि विचारमा
तर सधैँ पछाडि रहृयौँ हामी 
आर्थिक सम्मुन्नति अनि विकासमा ।

सत्तरी प्रतिशत जनताको 
मुख्य पेशा कृषि भएको
तर बिडम्बना अर्बौँ रुपैँयाको 
कृषि उपजकै आयात रहेको ।

अधिकांश युवा शक्ति 
बैदेशिक रोजगारीमा हानिएको
अर्थतन्त्रको अधिकांश हिस्सा
रेमिट्यान्सले धानिएको ।

सम्पूर्ण अस्थिरता , विसंगती अनि गरीबीलाई हटाउनु
पिछडिएका शोषित अनि सिमान्तकृत किसानलाई आत्मनिर्भरताको बाटोमा डो¥याउनु
नयाँ सीप अनि दक्षतालाई उजागर गर्नुपर्ने भएको छ ।
यहि नै त साना किसान अभियानको मूल मर्म रहेको छ ।

ग्रामिण भेगमा बसोबास गर्ने
जसको मूख्य पेशा कृषि भएको 
जो सँग आफ्नो जमिन छैन
भए पनि थोरै मात्र रहेको ।

त्यस्ता परिवार माझ पुगेर
आवश्यक्ता अनुसार सीप प्रदान गरी 
आत्मनिर्भर बनाउँदै व्यवसायिकतातर्फ डो¥याउने
ग्रामिण किसानको जीवनस्तर सुध्रिएमा मात्र
सम्पूर्ण देशको जनताको जीवनस्तर सुध्रिन्छ 
भन्ने बुलन्द मान्यता यस अभियानले राख्दछ ।

बोलेर मात्र होईन हामी गरेर देखाउँछौँ
त्यसैले त लाखौँ परिवार माझ हामी पुगेका छौँ
अब सारा देशभरका किसानलाई 
यो महाअभियानमा समेट्नु छ ।
गरीबी भन्ने शब्दलाई धेरै टाढा लखेट्नु छ ।

हजारौँ साना किसान परिवारको मुहारमा 
यो अभियान मार्फत् खुसी जो दिएका छौँ
निश्चय पनि सफलता प्राप्त हुने
बुलन्द विश्वास हामीले लिएका छौँ ।

गरीबीको तालालाई खोल्ने 
हाम्रो अभियानसँग साँचो छ 
नविनतम विचार , प्रविधि अनि सहयोगको सदैव खाँचो छ ।
जय देश , जय साना किसान ।


२०७४ फागुन १५
हरिशरण ढकाल
सहायक 

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.
इलाका कार्यालय, हेटौँडा


1 comment:

  1. hamro pani sath 6 sir yo abhiyanma, hami pani hatne6ainau pa6i

    ReplyDelete