Monday, 27 August 2018

जनताको मन छुने क्षेत्र नै कृषि


६ भाद्र २०७५
कृषि क्षेत्रमा धेरै गर्नुपर्ने समय भएको २ नं. प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले बताउनु भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले संचालन गरेको कृषक पाठशाला एवं प्राविधिक तालिमको बुधबार उद्घाटन गर्नुहुँदै साहले जनताको मन छुने क्षेत्र नै कृषि भएकाले कृषिक्षेत्रका समस्या समाधानमा सरकार गम्भीर हुनु पर्ने बताउनु भयो ।
संस्थाको सभाहलमा आयोजित १२ हप्ते पाठशाला एवं चारदिने प्राविधिक तालिममा बोल्दै पूर्व राज्यमन्त्री साहले किसानका समस्या समाधानमा सरकारलाई बाध्यत पार्न आफुहरुले भुमिका खेल्ने बाताउनु भयो । साहले सहकारी संस्थाहरुलेपनी कृषि पेशामा महिला सहभागीतासँगै उनीहरुको आयश्रोत वृद्धि गर्ने खालका कार्यक्रम ल्याउँनु पर्नेमा जोड दिनु भयो ।
 त्यस्तै साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले कृषि क्षेत्रको वर्तमान अवस्थालाई महसुस गर्दा नेपाललाई कृषि प्रदान देश भन्नै नसकिने बताउनु भयो । सरकारी बेवास्थाका कारण ६५ प्रतिशत बढी किसान कृषिमा आवद्ध भएरपनी खाध्यान्न आयात बढ्नु दुःखको कुरा भएको वहाँको भनाई थियो ।
कार्यक्रममा मातृभुमि कृषि सामाग्री उद्योग भरतपुरका संचालक विष्णु प्रसाद चापागाईले नेपालमा कृषि उत्पादन वृद्धि गर्न माटोको रक्षा गर्नुपर्ने बताए । रासायिनीक मल, अनावश्यक विषादीका कारण नेपालको कृषिभुमि मरुभुमीमा परिणत हुँदै गएको भन्दै चापागाँईले चिन्ता जनाए ।
उद्घाटन कार्यक्रममा जितपुसिमरा उपमहानगरपालिका १८का अध्यक्ष अर्जुन प्रसाद दाहाल, वडा नं.१७ का अध्यक्ष नवराज खड्का, कलैया उपमहानगरपालिका २४का अध्यक्ष हरिलाल चौधरी, स्थानिय समाजसेवी बसन्त खतिवडा, पदम बहादुर पुलामी, गोपीकृष्ण खतिवडा, विक्रम राम लगायतकाले मन्तब्य राख्नु भएको थियो ।  त्यस्लै कृषि उपज संकलन केन्द्र मनहर्वाकी संयोजक शर्मिष्ठा देवी दाहाल ,मातृभुमी कृषि सामाग्री उद्योग भरतपुर कृषि प्राविधिक रत्नदास खतिवडा, निरा वाग्ले लगायत १५० बढि साना किसान सदस्यहरुको सभागिता रहेको थियो ।

संस्थाले केही साता अघिबाट आफ्नै लगानीमा कार्यक्षेत्र भित्रको जैतापुरमा धानबाली, वडहर्वाको माथ्लोटोल, उत्तरझिटेकैैया र दोहरीमा तरकारीबाली गरी ५ स्थानमा कृषक पाठशाला संचालनमा ल्याएको छ । १५० बढी किसानलाई तरकारी तथा धान खेतीमा प्राविधिक ज्ञान दिने उदेश्यले पाठशाला संचालनमा ल्याईएको संस्था अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।

कार्यक्रम साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्काको अध्यक्षता, उपाध्यक्ष फूलकुमारी बस्नेतको स्वागत र मुख्य प्रबन्धक पुष्पराज खतिवडाको संचालनमा सम्पन्न भएको हो ।


No comments:

Post a Comment