![]() |
| संकलन गरिएको गाईको पिसाव संस्थामा विक्रि गर्न पिसाब बोकेर आएका किसान । |
७ श्रावण २०७५
जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराले कृषक पाठशाला संचालनमा ल्याएको छ । संस्थाले हाल झाण्डै १०० जना सदस्यहरुलाई धान र तरकारी खेतीमा प्रत्यक्ष संलग्न गराएर पाठशाला संचालनमा ल्याएको हो ।
जैतापुरमा धान र माथ्लो बडहर्वामा तरकारी गरी अहिले दुईवटा पाठशाला संचालनमा छन् । यसमहिनाको अन्तीम सम्ममा सदस्यहरुलाई पायक पर्ने अन्य तीन स्थानमा पाठशाला संचालनमा ल्याईने संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो । संस्थाले आफ्नै खर्चमा कृषि प्राविधिक समेतको ब्यवस्था गरि कृषिसँग सम्बन्धित विभिन्न कार्यक्रम संचालनको तयारी गरेको छ ।
गएको असार १५ गते धान दिवस तथा रोपाई महोत्सवको आयोजना गरी विशेष कृषि कार्यक्रम घोषण गरेको बताउँदै खड्काले संस्थामा आवद्ध महिलाहरुलाई कृषि मार्फत आत्मनिर्भर बनाउने संस्थाको उदेश्य रहेको बताउनु भयो ।
ईच्छुक महिलाहरुलाई घरमै बसिबसि गर्न सक्ने तरकारी खेती, खसिबाख्रा पालन, अचार बनाउने जस्ता काम सिकाउने र उनीहरुले उत्पादन गरेका बस्तु बजार सम्म लग्ने वातावरण संस्थाले बनाउने वहाँको भनाई छ ।
संस्थाले कृषकहरुलाई निःशुल्क तालिम दिई उनीहरुलाई चाहिने कृषि उपकरण, मलविउ तथा सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने तयारी गरिरहेको वहाँको भनाई छ ।
संस्थाले जैविक विषादी उत्पादन समेत सुरु गरेको छ । विभिन्न जढिबुटीय झारलाई पशुको पिषावमा निश्चीत समय बट्टामा राखेर तयार पारिएको जैविक विषादी सदस्यहरुलाई उपलब्ध गराउन सुरु गरिएको अध्यक्ष खड्काले जानकारी दिनु भयो । जैविक विषादीले आर्गानीक कृषि उत्पादनका साथै रोगकिरा नियन्त्रणमा सहयो गर्ने गर्दछ ।
२ हजार बढी महिला सदस्य रहेको संस्थाले आर्थीक कारोबारका अलावा कृषिसँग सम्बन्धित आयमुलक कार्यक्रममा महिला सदस्यहरुलाई आवद्ध गराउँदै आएको छ । अढाई विगाह जमिन खरिद गरेको संस्थाले उक्त जमिनमा आधुनिक कृषि यन्त्रको सहयोगमा विभिन्न कृषि कार्यक्रम संचालन गर्ने खड्काको भनाई छ ।
यसका साथै संस्थाले जैविक मल बनाउन पशुको पिसाब प्रतिलिटर एक रुपैयाका दरले खरिद गर्न सुरु गरेको संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडा बताउनु भयो । त्यस्तै पानीको पुरानो प्लास्टीक बोतल प्रति दुईरुपैंया र अन्य आवश्यक जढिबुटिय झार दशकेजी बराबरको प्रतिमुठा बिस रुपैंयामा खरिद गर्ने गरिएको खतिवडाले बताउनु भयो ।
x

No comments:
Post a Comment