क) परिचय :
ग्रामिण क्षेत्रमा बसोवास गरी बस्ने न्युतम गरिबीको रेखामुनी रहेका गरिब fतथा अल्पसंख्यक, जनजाति दलितहरुको जीवनयापनका लागि ज्याला मजदुरी भन्दा दोस्रो बैकल्पिक पेशा नभएका विभिन्न ज्यालादारी पेशामा आवद्ध न्युनतम परिश्रमिकबाट जीवन गुजारा गर्ने श्रमजिवी कृषकहरुका लागि दीर्घजिवी तथा स्थायी आम्दानीका उपायहरु अवलम्बन गरी गरिबी न्युनिकरण गरी आफ्नो कार्यक्षेत्रभित्रका शेयर धनी तथा गैह्र शेयर धनी सदस्यहरुलाई सरल सुलभ उपायबाट कर्जा प्रवाह गरी जिवन स्तर उकास्नका लागि तथा गास,वास, कपास स्वास्थ्य र शिक्षामा पहुच पु¥याउनका लागि प्रदेश नं.२ अन्तर्गत नारायणी अञ्चल रौतहट जिल्ला चन्द्रपुर नगरपालिकाको महेन्द्र राजमार्ग चन्द्रनिगाहपुरदेखि दक्षिण ८ कि.मी. चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुर(म.) मा अवस्थित डिभिजन सहकारी कार्यालय भरतपुर ,चितवन बाट मिती २०६० साल पौष २० गते भई विधिवत रुपमा दर्ता नं.३२३ भइ यस साना किसान कृषि सहकारी संस्था लि.चन्द्रपुर –८, सन्तपुर(म.) स्थापना भयो । र तत्काली कृषि बिकास बैकको साना किसान बिकास आयोजना सन्तपुर(म.) बाट मिती २०६१ साल अषाढ २१ गतेका दिन समुदायमा ब्यबस्थापन हस्तानतरण भयो ।
त्यसबेला संस्थामा समुह संख्या ८२ वटामा जम्मा सदस्य ७४७ जनामा महिला १९५ र पुरुष ५५२ जना सदस्यहरु रहेको ती सदस्यहरुको शेयर रकम ३५ हजार निक्षेप रकम ९ लाख भा.ना.रकम १२१५ हजार र पा.प.ब्याज बाकी १६९२ हजार रहेको थियो । तर आजको दिनमा सदस्यहरुको संस्था प्रतिको लगाब, माया ,सहयोग र सफल ब्यबसायिक कारोबारले र संस्थाको संचालक समिती, लेखा समिती बिभिन्न उप–समिती, कर्मचारीहरु लगायत समुह र अन्तरसमुहहरु सबैले आ–आफनो जिम्मेबारी र दायित्वहरु बहन गरेकोले गर्दा आ.व.०७४÷०७५ को रिपोर्ट अनुसार समुह संख्या ४३६ वटामा जम्मा सदस्य २७९४ जनामा महिला २४५५ र पुरुष ३३९ जना सदस्यहरु बन्न सफल भएको र ती शेयर सदस्यहरुको शेयर रकम ३ करोड २६ लाख ४४ हजार रहेको , जम्मा गरेको निक्षेप रकम ११ करोड ३१ लाख ९६ हजार रहेको छ भन्ने बिभिन्न कोषहरुमा गरी रकम १ करोड ३६ लाख २५ हजार रहेकोमा आ.व. २०७४÷०७५ को अबधिमा ऋण लगानी २४ करोड ५८ लाख १० , ऋण साबा असुली १९ करोड ५८ लाख ५ हजार र ब्याज असुली ४ करोड ८८ लाख ९६ हजार गरी अन्तमा शुद्घ नाफा ७७ लाख ९३ हजार गर्न सफल भएका छन ।
संस्था सदैब आफना सदस्यहरुको हितको लागी स्थप्ना हुने भएकोले आफना सदस्यहरुको आर्थिक, सामाजिक, सामुदायिक बिकास गर्ने उदेश्यले समुहको माध्ययमबाट बचत , ऋणको सेबा उपलब्ध गराउनुका साथै सदस्यहरुलाई व्यबसायिक कृषि , पशुपालन गर्नको लागि बार्षिक ९ प्रतिशतको ब्याजदरमा (माशुजन्य ÷दुग्धजन्य ) पशुपालन कर्जा प्रबाह गरिरहेको कुरा अवगत गराउन चाहन्छु ।
संस्थाले सदस्यहरुले उत्पादन गरेको दुग्ध ६ वटा संकलन केन्द्रहरुबाछ कृषको घरदैलोमा नै खरिद गर्नको लागी दुग्ध संकलनकेनद्रको समेत संचालन गरिरहेको छ । भण्डै ६०० जना किसानहरुबाट दैनिक रुपमा २००० लि. दुग्ध संकलन गरिरहेको छ । र मासिक रुपमा दुग्ध बिक्री गरी लगभग १५ देखि २० लाख रुपैया कृषकको घरदैलोमा भित्रीयाएको कुरा जानकारी गराउन चाहन्छौ ।
साथै सदस्यहरुलाई कृषिको लागि चाहिने मल ,खाध बिउ ,दाना ,चोकर हरु समेत संस्थाले कृषकको घरदैलामा सहज रुपमा संस्थाको आफनै साधनबाट उपलब्ध गराएका छन । सदस्यहरुलाई परम्पारिक किसिमबाट गरिरहेको कृषि प्रणली लाई अहिलेको आधुनिक कृषी प्रणलीबाट कृषि ब्यबसाय गर्न संस्थाले हर सम्भब प्रयास गरिरहेको छ । सो को लागि संस्थाले माटो परिक्षण ,माटो सुधार त्तत्व तालिम ,गोष्टी जस्ता कार्यक्रमहरु संचालन गरिरहेका छन । त्यसै गरी संस्थाले कृषिमा नाया नाया सीप बिकास गर्नको लागि साना किसान परिबारका छोराछोरी हरुलाई १०÷१२ महिने कृषि तालिम लिन र सीप सिक्नका लागि इजरायल समेत पठाउने गरेको छ ।
ख) अन्य कोषहरुक्र.स. बिबरण सेबा केन्द्र च.पुर मु.का.सन्तपुर(म.) जम्मा
१) राहत कोष रु.३,५०,०००। रु.५,००,६०४।६६ रु.८,५०,६०४।६६
२) कर्मचारी उपदानकोष र बिदाकोष रु.५,००,०००। रु.२५,५८,९१५। रु.३०,५८,९१५।
जम्मा कोषहरु रु.८,५०,०००। रु.३०,५९,५१९।६६ रु.३९,०९,५१९।६६
ग) संस्थाबाट प्रदान गरेका सेवाहरु अन्य बिबिध सेबाहरु
१) ऋण लगानीतर्फ
लघुकर्जा ः– (१५५)
कृषि कर्जा ः– (१४५)
सामुहिक दायित्व कर्जा ः– (१४५)
पशुपालनमासुजन्य र दुग्धजन्य (गाई) कर्जा ः– (९५)
नवीकरणीयउर्जा ( सोलार गोबरग्यास) ः– (१२५ )
दैनकब्यपार कर्जा ः– (१६५)
२) निक्षेप तर्फ
सा.बचत ः– (१०५)
कर्जा सुरक्षण कोष ः– (८५)
दैनिक बचत ः– (७५)
अ.समुह बचत ः– (७५)
आबधिक बचत ः– (१०५)
बाल÷बृद्द बचत ः– (८५)
३) अन्य विवध सेवा तर्फ
डेरी संचालन ः–(६ वटा संकलन केन्द्रमा ः–मोतिपुर, सन्तपुर चिसेमा,बेतौना,बसन्तपुर,बनबहुअरी र भवानीपुर)
मलखाद बिक्रीबितरण ः– (गतमा जम्मा– १२०० बोरा मध्ये यूरिया–८५०,डि.ए.पी.–३५० बोरा)
दानाचोकर खरिद बिक्री ः– (गतमा जम्मा– १००० बोरा मध्ये निर्मल दाना–५००,चोकर–३२५ र सुपर दाना– १७५ )
पशुधन सुरक्षण कार्यक्रम ः– (५०० वटा)
सदस्य सुरक्षण बचत
मृत्यू राहत कोष
अनुशरण ः– (पतौरा र पथरा बुधराम कार्यक्रम चलिरहेको अबस्थामा)
कार्यक्षेत्र ः– चन्द्रपुर न.पा.को वडा नंं हरु १,२,३,४,५,६,७,१०,११,१२ ( सन्तपुर(म.), सेबा कार्यालय च.पुर र जुबिेला )
४) सामाजिक÷सामुदायिक कार्यक्रम अन्तरगत
स्वास्थ्य उप–चौकी गेट निर्माण (१) ।
सन्तपुर (म.)बजार शौचालय निर्माण सहयोग (१) ।
उन्नतजातको बोकाबितरण (१) मोतीपुर ।
घास बितरणवडा नं.३ बजारमा कृष्ण प्रणमी मन्दिरको ढोका निर्माणमा सहयोग
वडा नं २ सन्तपुर(म.) गाउको सार्बजनिक घरको छानो मर्मत
वडा नं.४ मा बसन्तपुरको मन्दिरको निर्माणमा सहयोग
वडा नं.६ मा बनबहुअरी माथिल्लो टोलमा सामुदायिक भवन निर्माणमा सहयोग
वडा नं.८ मा अल्टोकीमा शिब मन्दिरको झयाल निर्माणमा सहयोग
बेतौनाको दुग्ध संकलन गर्ने सार्बजनिक घरको छानो मर्मत ।
वडा नं.९ मोतीपुरको दुग्ध संकलन गर्ने सार्बजनिक घरको छानो मर्मत तथा धारा जडान ।
५) अध्ध्यन अवलोकन /भ्रमण
६० बर्ष भन्दा माथीको बृद्द÷बृद्दा शेयरधनी सदस्यहरुलाइृ लुम्बिनी र देबघाट तिर्थस्थल अध्ययन र भ्रमण ।
सेबा केन्द्र च.पुरका संचालक तथा अन्तर –समुह अगुवाहरुलाई पश्चिमका संघ÷संस्थाहरुको अध्ययन अवलोकन भ्रमण ।
६) बाह्य निकायबाट सहयोग तथा अनुदान प्राप्त
जिल्ला पशु सेबा गौरबाट १० वटा क्यान (स्टील)को ५०∞ अनुदानमा प्राप्त ।
जिल्ला पशु सेबा गौरबाट ५०० के. जी. घासको बिउ प्राप्त ।
सा.कि.बि.बैक लि.बाट तालिम हल निर्माणको लागी रु.२,००,०००। अनुदान प्राप्त सहयोग ।
प्याक्ट बाट दुग्ध उत्पादन तथा संकलन केन्द्र निर्माणको लागि रु.२७,००,०००। अनुदान सहयोग ।
७) पुरुस्कार तथा सम्मान
डि.डि.सी.हेटौडाबाट ४९औ दुग्ध बिकास संस्थानको दिबसमा संस्थालाई गुणस्तरीय दुग्ध दिने र नियमित दुग्ध दिए बापत नगद रु.५०००। र कदर–पत्र प्रदान ।
६० औ.राष्ट्रिय सहकारी दिबसमा संस्थाको अध्यक्ष श्री ध्रुब कोइराला लाई उत्कृष्ट संस्था तथा राम्रो सेबा प्रदान गरेको भनेर सम्मान तथा कदर–पत्र ।
८) अगामी योजना
संस्थाले खरिद गरेको साढे ११ कठ्ठा जग्गामा दाना चोकर फैकट्री निर्माण ।
दुग्धको परिकार बनाउने र प्याकेजिन गर्ने उधोग संचालन गर्ने ।

No comments:
Post a Comment