Sunday, 2 September 2018

हेटौंडा ईलाका स्तरिय क्वालिटी सर्कल गठन

नेपाल कृषि सहकारी केन्द्रीय संघका सचिव तथा
जिल्ला कृषि सहकारी संघका अध्यक्ष श्री हरि प्र पौडेल,
कार्यक्रममा मन्तव्य राख्दै

हेटौंडा
१४ भाद्र २०७५

-पुष्पराज खतिवडा, बारा

साना किसान विकास लघुवित्त वित्तिय संस्थासँग आवद्ध साना किसान अभियानका १९ जना सहकारीकर्मी सम्मिलित ईलाका स्तरिय क्वालिटी सर्कल गठन गरिएको छ । साना किसान सहकारी अभियानलाई थप प्रभावकारी बनाउन सर्कल गठन गरिएको हो । साविक नारायणी अञ्चल भित्रका ६५ साना किसान कृषि सहकारी संस्थाहरुमा कार्यरत कर्मचारीहरुले जिल्लागत रुपमा छनौट गरि पठाएका प्रबन्धकहरुको संलग्नतामा सर्कलमा रहेको छ ।
 विहिबार हेटौंडामा बसेको प्रतिनीधि प्रबन्धकहरुको बैठकले साना किसान विकास लघुवित्त वित्तिय संस्था ईलाका कार्यालय हेटौंडाका प्रबन्धक शेर बहादुर चौधरीको संयोजकत्वमा सर्कल गठन गरेका हुन् । सर्कलमा चितवन, मकवानपुर, बारा, पर्सा र रौतहटका साना किसान कृषि सहकारीमा कार्यरत १९ जना प्रबन्धक आवद्ध रहेका छन् । सर्कलमा आवद्ध प्रबन्धकहरुले साना किसान विकास लघुवित्त वित्तिय संस्थाको समन्वयमा साना किसान अभियानमा कम प्रभावकारी देखिएका संस्थाहरुको सांङ्गठनिक र आर्थीक पक्ष सुधारमा काम गर्ने संयोजक चौधरीले जानकारी दिनुभयो ।
 यसका साथै आवद्ध प्रबन्धकहरुको बैठकबाट सर्कल मार्फत गरिने कामलाई सहज बनाउने उदेश्यले ७ सदस्य सचिवालन समेत गठन गरिएको छ । सचिवालयमा साना किसान विकास लघुवित्त वित्तिय संस्था ईलाका कार्यालय हेटौंडाका प्रबन्धक शेर बहादुर चौधरी, अधिकृत द्रोर्णराज घिमिरे, साना किसान कृषि सहकारी संस्था लिमिटेड बछ्यौली चितवनाका रामहरी दाहाल, खैरहनीका चन्द्रबहादुर लामीछाने, हाँडीखोला मकवानपुरका सुरेन्द्र तितुङ्ग, डुमरवाना बाराका नारायण क्षेत्री, सन्तपुर रौतहटका मनोज चौधरी रहनु भएको छ ।
साथै पाँचै जिल्लामा रहेका साना किसान कृषि सहकारी जिल्ला संघका अध्यक्षहरुसँगै साना किसान केन्द्रिय अभियानमा संलग्न पद्यादीकारीहरुको संलग्नतामा ७ सदस्सीय सल्लाहाकार समिति समेत गठन गरिएको छ ।
क्वालीटी सर्कल गठन कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड चितवनका अध्यक्ष हरिप्रसाद पौडेल, रौतहटका कोषाध्यक्ष ध्रुबप्रसाद कोईराला लगायत २५ जनाबढीको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment