Thursday, 13 September 2018

साना किसान सहकारीका सदस्यको मौलिक तीज कार्यक्रम , ४ सय २५ महिलालाई तीजको अवसरमा टिकापोते




पुष्प खतिवडा, मनहर्वा,बारा
२७ भाद्र २०७५

साना किसान कृषि सहकारी संस्थाले मनहर्वाको अन्तरसमुह नं.७ श्रीपुरले स्थानिय ३०० र अन्तरसमुह नं.१ मझौलियाले १२५ गरी चारसयबढी महिलालाई तीजको अवसरमा एकथान टिकापोते प्रदान गरेका छन् । बुधबार समुहमा आवद्ध महिलाहरुको अगुवाईमा श्रीपुरको बेलवाडी र मझौलिया स्थीत चोकमा विशेष सांगितीक कार्यक्रमको आयोजना समेत गरि स्थानिय महिलाहरुलाई टिकापोते प्रदान गरिएको हो । 
साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले तीज विशेष कार्यक्रमका लागि उपलब्ध गराएको ९ हजार रकममा सदस्यहरु आफैंले समेत केही रकम थपगरी कार्यक्रमको आयोजना गरिएको र आफूहरुले आयोजना गरेको तीज कार्यक्रम मा नारिहरुको गहना टिका पोते उपहार दिएर पर्वलाई मौलिक रुपले मनाएको अन्तरसमुह नं. ७ श्रीपुरकी मिना कुमारी चौधरीले बताउनु भयो ।
तीज विशेष कार्यक्रममा स्थानिय बालबालिकाले छारीलाई पनी छोरा सरह स्कुल जाने वातावरण बनाउँ भन्ने बाल नाटक प्रस्तुत गरेका थिए । यसका साथै थारुमहिलाहरुको बाहुल्यता रहेको कलैया उपमहानगरपालिका २४ श्रीपुरका महिलाहरुले नेपाली भाषाका तीज गितमा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । 
कार्यक्रममा स्थानिय समाजसेवी, जनप्रतीधिनी, अगुवा, महिलाहरुको सहभागीता रहेको कार्यक्रमको संचालन स्थानिय रामधारी अधिकारीले गरेका थिए ।
  त्यस्तै आजै तीजको अवसरमा संस्थाको सेवाकेन्द्र कार्यालउ उत्तरझिट्कैंया अन्तरगतको अन्तरसमुह नं.१ मझौलियाले पनी स्थानिय १२५ महिलाहरुलाई टिकापोते प्रदान गरेको अन्तरसुह अध्यक्ष रोशा खातुनले जानकारी दिनु भयो ।

No comments:

Post a Comment