समावेशी र दिगो विकासको अव्वल खम्वा बन्ने यस साना किसान सहकारी मोडलको लघुवित्त कार्यक्रममा साझेदार संस्थाको सहभागीतामा विगत वर्षको समिक्षा र भावी दिनको लागि कार्यदिशा, रणनीति तर्जुमा गरिने यस कार्यक्रमबाट सम्वद्ध सवैले नयाँ गन्तव्य पहिचान गर्ने, सेवामा सुधार गर्ने, अझ वढि सेवा विस्तारको लक्ष्य तय गरेकोछ । कृषि उत्पादन मात्र होइन प्रसोधन र बजारीकरणमा पनि संस्थालाई संलग्न गराई कृषि मुल्य श्रृंखलाको फाईदा किसानको तहमा पु¥याउन बृहत तर विशिष्ट योजना अघि सारिएको छ ।

ग्रामीण गरिवीलाई कम गर्ने कार्यक्रमको रुपमा, कृषि विकास वैंकद्धारा २०३२ सालवाट धनुषा जिल्लाको महेन्द्रनगर र नुवाकोट जिल्लाको तुप्चेबाट साना किसान विकास आयोजना कार्यक्रम शुरु गरिएको थियो । समय अन्तरालसंगै लक्षीत ग्रामीण विपन्न वर्गको शसक्तिकरण, उनीहरुको व्यवस्थापकीय क्षमतामा वृद्धि गर्दै कार्यक्रमलाई दिगो रुपमा समुदाय आफैले व्यवस्थित संचालन गर्नका लागि सहकारी ऐन अन्तर्गत साना किसान कृषि सहकारी संस्था लि. विधिवत निर्माण गरिएको हो । साना किसान विकास आयोजनाको साना किसान सहकारी संस्था परिणत गरि समुदायमा हस्तान्तरण र सक्षम साना किसान कृषि सहकारी संस्थाले नयाँ साना किसान कृषि सहकारी संस्थाको निर्माण(अनुशरण) गर्दै साना किसान सहकारी संस्था लि. हरुको स्थापना हुने क्रम निरन्तर रहेको छ । स्थापना कालमा कृषि वैंकले दिदै गर्दै आएको वित्तीय र गैर वित्तीय सेवाका लागि साना किसान कृषि सहकारी संस्था समेत स्वामित्वमा हाल साना किसान विकास लघुवित्त बित्तीय संस्था लि. को स्थापना भई सेवारत रहेको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि, ले देशै भर ९ ओटा ईलाका कार्यालय मार्फत साना किसान सहकारी संस्थाहरुमा वित्तिय र गैर वित्तीय सेवा प्रदान गर्दै र संस्थाहरुको प्रवद्र्धन गरि आएको छ । यस मध्येको ईलाका कार्यालय, हेटौडाले साविकको नारायणी अञ्चलका ५ वटै जिल्लाका ६२ साना किसान सहकारी संस्था लि र ३ अन्य सहकारी संस्था लि.लाई आवद्ध गराई सेवा प्रदान गरिरहेको छ । आवद्ध संस्था मार्फत मिति २०७५।०३।३१ सम्ममा ८९४८७ परिवारमा साना किसान सहकारी मोडलको लघुवित्त सेवा पुग्न सफल भएको छ । त्यस मध्ये पनि ८६ प्रतिशत महिला
संलग्नता रहेको छ । समुदायको साना किसान सहकारी मार्फत सेवा पुग्दै गर्दा, आवद्ध संस्थाहरुले आफ्ना सदस्यहरुलाई ७ अर्व ८४ करोड ३ लाख ८५ हजार ऋण लगानीमा रहीरहेको रकम छ । त्यसरी परिचालीत रकम मध्ये ५८ प्रतिशत समुदायको आप्mनै श्रोत रहेको, ४२ प्रतिशत मात्र यस वित्तीय संस्थाको श्रोत रहेको विषयले, साना किसान सहकारी संस्था दिगो रुपमा परिचालित हुने दिशातर्फ बढ्दै गरेको निष्कर्ष निकाल्न सकिन्छ ।
साना किसान कृषि सहकारी संस्थाहरुको विशिष्ट कार्य शैली, शुसासनयुक्त व्यवस्थापन, सामाजिक सामुदायिक कार्यक्रम, साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम, पशुधन सुरक्षण कार्यक्रम, सहुलियतपुर्ण पशुपालन कर्जा, सदस्यको जिवनस्तर अनुसारको बचत कार्यक्रम तथा अन्य कार्यक्रमले संस्था र सदस्यलाई जोडेको मात्र होइन समावेशी वित्तीय सेवाका लागि दरिलो पहिचान पनि बनाएको छ । यी सहकारी संस्थाले आप्mना सदस्यलाई दिईने विभिन्न तालिमले सदस्यमा वित्तीय साक्षरता बढाउन पनि उल्लेख्य भुमिका खेलेको पाईन्छ ।
“हाम्रो शक्ति, विपन्नताबाट मुक्ती” भन्ने नारालाई व्यवहारमा उतार्न, चालु बर्षमा सदस्य विस्तार अभियानको रुपमा कार्यक्रम गरिने, युवा लक्षीत कार्यक्रम गरिने, साझेदार साना किसान सहकारी संस्थाको संलग्नतामा, यस साना किसान कृषि सहकारी कार्यक्रमको सेवाको गुणस्तर वृद्धिका लागि ‘गुण वृत समुह’ निर्माण गरि सकृय परिचालन गराईने रणनीति मुख्य हुनेछ । चालु बर्षमा साना किसान सहकारीमा आवद्ध करिव १००० जना सदस्यलाई विभिन्न तालिम दिईने छ भने “हाम्रो अभियान, सुचना प्रविधिमा एक कदम अघि सानाकिसान” अन्र्तगत सहकारीका १३० जना कर्मचारीलाई कम्प्युटर तालिम संचालन गरिने छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., ईलाका कार्यालयको आयोजना, केन्द्रीय अक्ष्यक्ष श्री खेमवहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का उप प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, मुख्य प्रवन्धक अन्जु पाठक, नेपाल कृषि सहकारी केन्द्रीय संघका पदाधिकारी समेतको सहभागिता एवं आवद्ध ५ जिल्लाका ६५ साना किसान सहकारी संस्था लि.हरुको प्रतिनीधिहरु संलग्नता र साना किसान सहकारी अभियानका नेतृत्व कर्ताहरुको उपस्थीती रहेको मिति ०७५।०५।२१ गतेको बार्षिक समिक्षा तथा रणनीति तर्जुमा गोष्ठी कार्यक्रममा आप्mनो अमुल्य समय दिई, सहकारीकर्मी किसान सदस्यहरुको हौसला थप गर्नु भएकोमा, अमुल्य बिचार, सुझाव र निर्देशन दिनुभएमा यस अभियानमा सहकार्य गर्ने रुची देखाउनु भएकोमा प्रदेश सरकार, प्रदेश नं. ३, आर्थिक मामिला तथा योजना मन्त्री माननीय श्री कैलाश प्रसाद ढुंगेल ज्यू प्रति आयोजक साना किसान विकास लघुवित्त वित्तीय संस्था लि, ईलाका कार्यालय हेटौडा परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

No comments:
Post a Comment