Sunday, 29 July 2018

साना किसान कृषि सहकारी मनहर्वाको मुनाफा ८६ लाख ५२ हजार


मनहर्वा,बारा
१३ श्रावण २०७५
 साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले गत आर्थीक बर्ष २०७४।७५ मा ८६ लाख ५२ हजार मुनाफा गरेको छ । असार मसान्तमा सम्पन्न गरेको खाताबन्दीबाट लक्ष्यको तुलनामा १०४ दशमलव १४ प्रतीशतले नाफामा वृद्धि गरेको संस्थाले जनाएको छ । ८३ लाख ८ हजार नाफा गर्ने लक्ष्य निर्धारण गरेकोमा ३ लाख ४४ हजारले नाफा वृद्धि भएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनु भयो । सोही आर्थिक बर्ष संस्थाले १७ करोड ६२ लाख ५ हजार कर्जा लगानी गरेकोमा १२ करोड १ लाख ८७ साँवा असुली गरेको छ । २० करोड २५ लाख ५२ हजार कर्जा लगानीमा रहेको संस्थाले ८ करोड ७३लाख ५५ हजार बाह्य कर्जा लिएको र बाँकी संस्थागत पूजी परिचालन गरेको जनाएको छ । सदस्यहरुको १ करोड ७४ लाख २५ हजार शेयर पूँजी रहेको संस्थामा  १ हजार ९ सय २८ महिला सहित १ हजार ९ सय ७६ जना शेयर सदस्य रहेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका १८को बडहर्वामा कार्यालय रहेको संस्थाले बचत तथा ऋण कारोबारका अलावा कृषि विशेष कार्यक्रम समेत संचालन गर्दै आएको छ । संस्थाले आफ्नो कार्यालयबाट सदस्यहरुलाई विभिन्न खालका रेमिट सेवा समेत दिदै आएको अध्यक्ष खड्काले जानकारी दिनु भयो ।

No comments:

Post a Comment