Wednesday, 18 July 2018

साना किसान सहकारीले विविध कार्यक्रम गरि धान दिवस मनाए




मनहर्वा,बारा र बज्रवाराही, मकवानपुर

१५ असार २०७५
कृषि क्षेत्रमा राज्यको लगानी बढाउनु पर्ने जितपुरसिमरा उपमहानगरपालिका मेयर डा. कृष्ण पौडेलले बताउनु भएको छ । उपमहानगरको वडा नं.१८स्थीत बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वामा आयोजना गरेको राष्ट्रिय धान दिवस विशेष कार्यक्रमको उद्घाटन गर्नु हुँदै मेयर पौडेलले कृषि क्षेत्रको विकास अपरिहार्य भएको समेत बताउनु भयो । किसानका लागि आवश्यक सिंचाई मलविउ,कृषि उपकरण सहजतामा सरकारी लगानी बढाउनु पर्ने वहाँको भनाई थियो ।
साना किसान कृषि सहकारी संस्था मनहर्वाले संस्था आवद्ध २ हजार १सय साना किसान सदस्यहरुको आर्थिक जीवन परिवर्तनका लागि संचालन गर्ने विशेष कृषि परियोजानको घोषण समेत गर्नु भएका पौडेलले उपमहानगर कृषिमैत्री रहेको बताउनु भयो । कृषिको विकास विनाको आर्थीक समृद्धि हाँसिल नहुने वहाँको भनाई थियो ।
त्यस्तै जिल्ला कृषि विकास कार्यालय बाराका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बारा जिल्ला धान उत्पादनमा आत्मनिर्भर रहेको बताउनु भयो । आत्मनिर्भर भएरपनी जिल्लाका किसानका अनेकन समस्या रहेको बताउँदै साहले समाधानका लागि स्थानिय तहले विशेष भुमिका खेल्नु पर्ने बताउनु भयो । 
कार्यक्रममा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिस्श्रीलाल सहनी, सदस्य विन्दा सिंह, सामुदायिक विकास कार्यक्रम बाराका प्रमुख विपिन दाहाल जितपुरसिमरा उपमहानगरपालिका १७ का अध्यक्ष नवराज खड्का, १८का अध्यक्ष अर्जुन प्रसाद दाहाल, कान्तिपुर टेलीभिजनका वरिष्ट संवाददाता उपेन्द्र ठाकुर, पत्रकार पंकज श्रेष्ठ, स्थानिय जनप्रतिनीधिहरु लगायत संस्थाका दुईसय महिला सदस्यहरुको सहभागिता रहेको थियो । सहभागीहरु जैतापुरमा एक विगाह जमिनमा धान रोपेर नाचगान गरि दहिचिउरा खाएर राष्टिय धान दिवस मनाएका थिए ।
कार्यक्रमको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको अन्तरसमुह नं.३का महिलाहरुकोले गित गाएर अतिथीहरुलाई स्वागत गरेका थिए । भने संस्था अध्यक्षले संस्थाले अघि सारेको कृषिसँग सम्बधित कार्यक्रमको भावि कार्ययोजना सहितको जानकारी गराउनु भएको थियो ।
साना किसान कृषि सहकारी संस्था मनहर्वाले सदस्यहरुलाई तरकारीबालि अन्नबालि तथा पशुपालनका लागि सहुलिय कर्जा प्रदान गर्दै आएको छ । संस्था यसैबर्षबा किसानले उत्पादनमा जोड दिँदै सदस्यहरुलाई विशेष तालिम संचालन सुरु गरेको छ । कृषि प्राविधिक नियूक्त गरी संस्थाले जैविक विषादी उत्पादन समेत सुरु गरेको जनाएको छ । किसानहरुले उत्पादन गर्ने कृषि उपज संकलन गरी बजारीकरण गर्ने कार्यक्रमबाट ५ हजार परिवारका २५हजार मानिस लाभांति हुने अनुमान गरिएको संस्थाकी अध्यक्ष नयनकला खड्काले बताईन् ।
कार्यक्रम साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाका मुख्यप्रबन्धक पुष्पराज खतिवडाको संचालनमा सम्पन्न भएको हो ।
यसै गरि सा.कि. बज्रवराही, मकवानपुरमा पनि धान दिवस भव्य रुपमा मनाइएको जानकारी प्राप्त भएको छ । 

No comments:

Post a Comment