परिचय
नामः साना किसान बिकास बैंक लिमिटेड संस्थाको प्रकारः नेपाल राष्ट्र बैंकबाट “घ” बर्गको ईजाजत प्रप्त गरी लघु वित्त क्षेत्रमा अग्रणी भूमिका निभाई रहेको लघु बित्त बैंक हो । स्थापनाः बि सं २०५८ आषाढ २२ । नेपाल राष्ट्र बैंकबाट शैद्धान्तिक सहमती २०५८ साल फागुन २७ गते । ठेगानाः सुबिधानगर, तिनकुने काठमाण्डौ । सम्पर्कः ४१११८२८, ४१११९०२ फ्याक्सः ४१११९२३ । ईमेलः info@skbbl.com.np । वेब ठेगानाः www.skbbl.com.np
पुँजी संरचना
बैङ्कको अधिकृत पुँजी रु. ६४ करोड, जारी पुँजी रु. ६४ करोड र चुक्ता पुँजी रु. ५० करोड रहेको छ । वि.सं. २०७५ असारसम्ममा बैंकको चुक्ता पुजि रु. ६३ करोड पुर्याउने योजना रहेको छ । हाल चुक्ता पुँजीमा कृषि विकास बैङ्कको २२%, नेपाल बैङक लि. को ६%, नबिल बैङ्क लि.को ३% र २३१ वटा साना किसान कृषि सहकारी संस्थाहरूको ३९% हिस्सा रहेको छ भने सर्वसाधारणको ३०% सेयर स्वामित्व रहेको छ ।
सङ्गठनात्मक संरचना:
साधारण सभा बैङ्कको सर्वोच्च साङ्गठनिक निकाय हो । सञ्चालक समितिमा कार्यकारी अधिकार रहेको हुन्छ । बैङ्कको सञ्चालन व्यवस्थाका लागि सञ्चालक समिति अन्तरगत प्रमुख कार्यकारी अधिकृत रहने र त्यस अन्तरगत विभिन्न विभाग, फाँट तथा इलाका कार्यालयहरू रहने व्यवस्था छ । सञ्चालक समिति अन्तरगत लेखा परीक्षण समिति रहने तथा बैङ्कका व्यवस्थापन तहका कर्मचारीले कम्पनी सचिवको समेत कार्य गर्ने व्यवस्था मिलाईएको छ । प्रत्येक इलाका कार्यालयहरूमा समेत विभिन्न फाँटहरू रहने र सोसम्बन्धी जिम्मेवार कर्मचारी तोक्ने व्यवस्था रहेको छ ।
बैङ्कको उद्देश्य
थोक कर्जा लगानी गर्ने केन्द्रीय स्तरको लघुवित्त विकास बैङ्कको मान्यता अनुरूप यस बैङ्कको उद्देश्य निम्नानुसार रहेको छ– १ नेपालको ग्रामीण क्षेत्रका साना किसान सहकारी संस्थाहरू र गरिबी निवारणमा संलग्न समान प्रकृतिका अन्य लघुवित्त संस्थाहरूलाई थोक कर्जा र पटके कर्जा प्रदान गर्ने । २ नेपाल राष्ट्र बैङ्कको मार्गदर्शन अनुरूप सहकारी संस्था तथा लघुवित्त संस्थाहरूको कारोबारको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण गर्ने र आवश्यक निर्देशन दिने । ३ लघु व्यवसाय एवं ग्रामीण वित्त बजारको विकास, विस्तार, प्रवद्र्धन र सुदृढीकरण गर्ने तथा वित्तीय एवं प्राविधिक सहयोग उपलब्ध गराउने र आवश्यक तालिम उपलब्ध गराउन सहयोग पुर्याउने । ४ संस्थाहरूको संस्थागत एवं मानव संसाधन विकास गर्न आवश्यक सहयोग गर्ने । ५ संस्थाहरू मार्फत ग्रामीण जनताको आम्दानी एवं रोजगारीका अवसरमा अभिवृद्धि गरी गरिबी निवारण सम्बन्धी कार्यमा सघाउ पुर्याउने । ६ मुलुकमा छरिएर रहेको पुँजीलाई एकिकृत गरी संस्थागत लगानी तथा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट वित्तीय मध्यस्थताको सेवा उपलब्ध गराउने ।
बैङ्कको कार्यक्षेत्र
• साना किसान सहकारी संस्था लगायत अन्य यस्तै प्रकृतिका लघुवित्त संस्थाहरूलाई छोटो र मध्यम अवधिको थोक कर्जा र पुनरकर्जा प्रदान गर्ने । • नेपाल सरकार तथा दातृ सङ्घ÷संस्थाहरूबाट प्राप्त स्रोत परिचालन गरी संस्थाहरूमार्फत सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालनमा सहयोग पु¥याउने । • आबद्ध संस्थाहरूको साङ्गठनिक तथा वित्तीय सक्षमता विकासका लागि आवश्यक वित्तीय सहयोग पु¥याउने । • संस्थाहरूको सबलीकरणका लागि नियमित परामर्श सेवा तथा अन्य प्राविधिक सहयोग पु¥याउने । • आबद्ध संस्थाहरूको वित्तीय कारोबार लगायत समग्र क्रियाकलापको निरीक्षण, अनुगमन तथा मूल्याङ्कन गर्ने÷गराउने । • विद्यमान साना किसान सहकारी संस्थाहरूलाई सेवा नपुगेका अन्य स्थानमा समान प्रकृतिका संस्थाहरू निर्माण गर्न अनुसरण (Replication) कार्यक्रम सञ्चालन गर्ने कार्यमा अभिप्रेरित, प्रोत्साहन र सहयोग गर्ने । • संस्थाहरूको वित्तीय स्व–सक्षमता र दिगोपनालाई निरन्तर अभिवृद्धि गर्न आवश्यक रणनीति अवलम्वन गर्ने÷गराउने । • ग्रामीण विकास वित्तको सफल अवधारणा तथा प्रारूपलाई अरू संस्थामा समेत लागू गराउने। • नेपाल राष्ट्र बैङ्कबाट निर्धारित सर्तको अधिनमा निक्षेप सङ्कलन गरी बाहय स्रोतको निर्भरता कम गर्दै लैजाने । • नेपाल राष्ट्र बैङ्कको मार्गदर्शनअनुरूप बैङ्कको वित्तीय सूचकाङ्क कायम गर्दै संस्थागत सुशासनमा रहने ।
No comments:
Post a Comment