Wednesday, 29 August 2018

मेरो देश र साना किसान


कविता


भौगोलिक विविधताले भरिपूर्ण 
कृषि प्रधान देश हाम्रो 
बुद्ध , सगरमाथा अनि पशुपतिनाथको मन्दिर
हेर्दामा पनि सारै राम्रो ।

हरेक कुरामा विविधता छन् 
भाषा धर्म संस्कृति अनि विचारमा
तर सधैँ पछाडि रहृयौँ हामी 
आर्थिक सम्मुन्नति अनि विकासमा ।

सत्तरी प्रतिशत जनताको 
मुख्य पेशा कृषि भएको
तर बिडम्बना अर्बौँ रुपैँयाको 
कृषि उपजकै आयात रहेको ।

अधिकांश युवा शक्ति 
बैदेशिक रोजगारीमा हानिएको
अर्थतन्त्रको अधिकांश हिस्सा
रेमिट्यान्सले धानिएको ।

सम्पूर्ण अस्थिरता , विसंगती अनि गरीबीलाई हटाउनु
पिछडिएका शोषित अनि सिमान्तकृत किसानलाई आत्मनिर्भरताको बाटोमा डो¥याउनु
नयाँ सीप अनि दक्षतालाई उजागर गर्नुपर्ने भएको छ ।
यहि नै त साना किसान अभियानको मूल मर्म रहेको छ ।

ग्रामिण भेगमा बसोबास गर्ने
जसको मूख्य पेशा कृषि भएको 
जो सँग आफ्नो जमिन छैन
भए पनि थोरै मात्र रहेको ।

त्यस्ता परिवार माझ पुगेर
आवश्यक्ता अनुसार सीप प्रदान गरी 
आत्मनिर्भर बनाउँदै व्यवसायिकतातर्फ डो¥याउने
ग्रामिण किसानको जीवनस्तर सुध्रिएमा मात्र
सम्पूर्ण देशको जनताको जीवनस्तर सुध्रिन्छ 
भन्ने बुलन्द मान्यता यस अभियानले राख्दछ ।

बोलेर मात्र होईन हामी गरेर देखाउँछौँ
त्यसैले त लाखौँ परिवार माझ हामी पुगेका छौँ
अब सारा देशभरका किसानलाई 
यो महाअभियानमा समेट्नु छ ।
गरीबी भन्ने शब्दलाई धेरै टाढा लखेट्नु छ ।

हजारौँ साना किसान परिवारको मुहारमा 
यो अभियान मार्फत् खुसी जो दिएका छौँ
निश्चय पनि सफलता प्राप्त हुने
बुलन्द विश्वास हामीले लिएका छौँ ।

गरीबीको तालालाई खोल्ने 
हाम्रो अभियानसँग साँचो छ 
नविनतम विचार , प्रविधि अनि सहयोगको सदैव खाँचो छ ।
जय देश , जय साना किसान ।


२०७४ फागुन १५
हरिशरण ढकाल
सहायक 

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.
इलाका कार्यालय, हेटौँडा

म र मेरो साना किसान विकास अभियान

कविता


बिहानीको झुल्के घामले
मेरो दैलो नटेक्दै
सखारैको “कुखुरी काँ............” को आवाजसँगै
सुरु हुन्थ्यो यो गरिबको दिनचर्या
जुरुक्क उठेर
एक हल गोरु लिएर
खेतमा दिनभरि गोरुसँगै
आफू पनि गोरु भएर जोतिन्थेँ
तैपनि मुखमा माड लाउन
र दुई छाक जोहो गर्न मुस्किल पथ्र्यो ।

पोहोर साल छोरी बिरामी हुँदा लिएको
साहुको ऋणको साँवा–ब्याज तिर्न नसक्दा
ब्याजको स्याज भयो
जतिबेला पनि कामको बोझले थिचिँदा
न त शरीरमा कुनै थकान हुन्थ्यो
न त आँखामा निद्रा नै पथ्र्यो
घरी–घरी साहुको ऋण सम्झेर अत्यास लाग्थ्यो ।

नब्बे नाघेका बा पनि सिकिस्त थिए
आमा पनि टिबीले ग्रस्त थिइन्
जेठो दाइ अरब गएका छन्
र उतैको मरुभूमिमा पाखुरी बजाइरहेका छन्
माइलो दाइ पनि
खै † कुन देशमा हो अर्काको महलमा दरबान बसेका छन्
दाइका जहान र भन्ट्याभुन्टुङलाई
मैले नै पाल्नु परेको छ
परारको भुईँचालोले
घरको पाखो भत्काएको छ
टाल्न सकेको छैन
पैसा पाइन्छ भन्थे मान्छेहरू
खै † अहिलेसम्म गाउँमा कोही देखा परेका छैनन्
जमिन्दारका छोराले सहरमा गएर कति हो बुझिसके रे
आफूले त एउटा चुनादाम पनि पाएको छैन
यो व्यवस्था पनि धनीलाई नै आएको रहेछ
गरिबलाई कसले हेर्छ र †
हाम्रो मर्का कसले बुझ्छ र †

सोच्दथेँ गरिबी ठुलो अभिशाप रहेछ
गरिब भएर बाँच्नुभन्दा त मर्नु नै बेस
धिक्कार्थेँ आफैँलाई
आनै भाग्यलाई अनि कर्मलाई
आफ्नै पुर्पुरो गतिलो नभएपछि के सुख पाइन्थ्यो र भन्ठान्थेँ ।

उहिले–उहिले कसैले भनेको सुनेथेँ–
‘गरिब भएर जन्मिनु तिम्रो गल्ती होइन
बरु गरिब भएर मर्नुचाहिँ ठुलो गल्ती हो’ ।

एक दिन
पल्लो गाउँका जान्नेसुन्ने हर्कबहादुर मास्टरसाबले
मलाई साना किसान अभियानमा सरिक गराए
समूहमा आबद्घ भएँ
सदस्य बनेँ
ऋण लिएँ
अनि साहुको ऋण तिरेँ
आमाबाबुको उपचार गरेँ
तालिम पाएँ
खेती राम्रो भयो
देश विदेश घुमेँ
अरूलाई सिकाएँ
आज मलाई सबैले सामाजिक नेता भनेर चिन्छन् ।

म आज खुसी छु
साना किसान अभियान मलाई बरदान भएको छ
यो अभियान मेरो सपनालाई जीवन्त तुल्याउने विपना भएको छ
अनि यो अभियान
मेरो गरिबी हटाउने महत्वपूर्ण मोड बनेको छ
हो, यो साना किसान अभियान मेरो चिनारी बनेको छ
मेरो दुःखको साथी भएको छ ।


२०७४ फागुन १३
निरज सिँह
सहायक

साना किसान विकास बैँक
इलाका कार्यालय, हेटौँडा

Monday, 27 August 2018

जनताको मन छुने क्षेत्र नै कृषि


६ भाद्र २०७५
कृषि क्षेत्रमा धेरै गर्नुपर्ने समय भएको २ नं. प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले बताउनु भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले संचालन गरेको कृषक पाठशाला एवं प्राविधिक तालिमको बुधबार उद्घाटन गर्नुहुँदै साहले जनताको मन छुने क्षेत्र नै कृषि भएकाले कृषिक्षेत्रका समस्या समाधानमा सरकार गम्भीर हुनु पर्ने बताउनु भयो ।
संस्थाको सभाहलमा आयोजित १२ हप्ते पाठशाला एवं चारदिने प्राविधिक तालिममा बोल्दै पूर्व राज्यमन्त्री साहले किसानका समस्या समाधानमा सरकारलाई बाध्यत पार्न आफुहरुले भुमिका खेल्ने बाताउनु भयो । साहले सहकारी संस्थाहरुलेपनी कृषि पेशामा महिला सहभागीतासँगै उनीहरुको आयश्रोत वृद्धि गर्ने खालका कार्यक्रम ल्याउँनु पर्नेमा जोड दिनु भयो ।
 त्यस्तै साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले कृषि क्षेत्रको वर्तमान अवस्थालाई महसुस गर्दा नेपाललाई कृषि प्रदान देश भन्नै नसकिने बताउनु भयो । सरकारी बेवास्थाका कारण ६५ प्रतिशत बढी किसान कृषिमा आवद्ध भएरपनी खाध्यान्न आयात बढ्नु दुःखको कुरा भएको वहाँको भनाई थियो ।
कार्यक्रममा मातृभुमि कृषि सामाग्री उद्योग भरतपुरका संचालक विष्णु प्रसाद चापागाईले नेपालमा कृषि उत्पादन वृद्धि गर्न माटोको रक्षा गर्नुपर्ने बताए । रासायिनीक मल, अनावश्यक विषादीका कारण नेपालको कृषिभुमि मरुभुमीमा परिणत हुँदै गएको भन्दै चापागाँईले चिन्ता जनाए ।
उद्घाटन कार्यक्रममा जितपुसिमरा उपमहानगरपालिका १८का अध्यक्ष अर्जुन प्रसाद दाहाल, वडा नं.१७ का अध्यक्ष नवराज खड्का, कलैया उपमहानगरपालिका २४का अध्यक्ष हरिलाल चौधरी, स्थानिय समाजसेवी बसन्त खतिवडा, पदम बहादुर पुलामी, गोपीकृष्ण खतिवडा, विक्रम राम लगायतकाले मन्तब्य राख्नु भएको थियो ।  त्यस्लै कृषि उपज संकलन केन्द्र मनहर्वाकी संयोजक शर्मिष्ठा देवी दाहाल ,मातृभुमी कृषि सामाग्री उद्योग भरतपुर कृषि प्राविधिक रत्नदास खतिवडा, निरा वाग्ले लगायत १५० बढि साना किसान सदस्यहरुको सभागिता रहेको थियो ।

संस्थाले केही साता अघिबाट आफ्नै लगानीमा कार्यक्षेत्र भित्रको जैतापुरमा धानबाली, वडहर्वाको माथ्लोटोल, उत्तरझिटेकैैया र दोहरीमा तरकारीबाली गरी ५ स्थानमा कृषक पाठशाला संचालनमा ल्याएको छ । १५० बढी किसानलाई तरकारी तथा धान खेतीमा प्राविधिक ज्ञान दिने उदेश्यले पाठशाला संचालनमा ल्याईएको संस्था अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।

कार्यक्रम साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्काको अध्यक्षता, उपाध्यक्ष फूलकुमारी बस्नेतको स्वागत र मुख्य प्रबन्धक पुष्पराज खतिवडाको संचालनमा सम्पन्न भएको हो ।

Thursday, 16 August 2018

साना किसानको लगानीमा कृषक पाठशाला संचालनमा जैविक विषादी उत्पादन, पशुमुत्र प्रती लिटर १ रुपैयामा खरिद


संकलन गरिएको गाईको पिसाव संस्थामा विक्रि गर्न पिसाब बोकेर आएका किसान ।


७ श्रावण २०७५
जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराले कृषक पाठशाला संचालनमा ल्याएको छ । संस्थाले हाल झाण्डै १०० जना सदस्यहरुलाई धान र तरकारी खेतीमा प्रत्यक्ष संलग्न गराएर पाठशाला संचालनमा ल्याएको हो । 
जैतापुरमा धान र माथ्लो बडहर्वामा तरकारी गरी अहिले दुईवटा पाठशाला संचालनमा छन् । यसमहिनाको अन्तीम सम्ममा सदस्यहरुलाई पायक पर्ने अन्य तीन स्थानमा पाठशाला संचालनमा ल्याईने संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो । संस्थाले आफ्नै खर्चमा कृषि प्राविधिक समेतको ब्यवस्था गरि कृषिसँग सम्बन्धित विभिन्न कार्यक्रम संचालनको तयारी गरेको छ ।
गएको असार १५ गते धान दिवस तथा रोपाई महोत्सवको आयोजना गरी विशेष कृषि कार्यक्रम घोषण गरेको बताउँदै खड्काले संस्थामा आवद्ध महिलाहरुलाई कृषि मार्फत आत्मनिर्भर बनाउने संस्थाको उदेश्य रहेको बताउनु भयो ।
ईच्छुक महिलाहरुलाई घरमै बसिबसि गर्न सक्ने तरकारी खेती, खसिबाख्रा पालन, अचार बनाउने जस्ता काम सिकाउने र उनीहरुले उत्पादन गरेका बस्तु बजार सम्म लग्ने वातावरण संस्थाले बनाउने वहाँको भनाई छ ।
संस्थाले कृषकहरुलाई निःशुल्क तालिम दिई उनीहरुलाई चाहिने कृषि उपकरण, मलविउ तथा सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने तयारी गरिरहेको वहाँको भनाई छ ।
संस्थाले जैविक विषादी उत्पादन समेत सुरु गरेको छ । विभिन्न जढिबुटीय झारलाई पशुको पिषावमा निश्चीत समय बट्टामा राखेर तयार पारिएको जैविक विषादी सदस्यहरुलाई उपलब्ध गराउन सुरु गरिएको अध्यक्ष खड्काले जानकारी दिनु भयो । जैविक विषादीले आर्गानीक कृषि उत्पादनका साथै रोगकिरा नियन्त्रणमा सहयो गर्ने गर्दछ ।
२ हजार बढी महिला सदस्य रहेको संस्थाले आर्थीक कारोबारका अलावा कृषिसँग सम्बन्धित आयमुलक कार्यक्रममा महिला सदस्यहरुलाई आवद्ध गराउँदै आएको छ । अढाई विगाह जमिन खरिद गरेको संस्थाले उक्त जमिनमा आधुनिक कृषि यन्त्रको सहयोगमा विभिन्न कृषि कार्यक्रम संचालन गर्ने खड्काको भनाई छ ।
 यसका साथै संस्थाले जैविक मल बनाउन पशुको पिसाब प्रतिलिटर एक रुपैयाका दरले खरिद गर्न सुरु गरेको संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडा बताउनु भयो । त्यस्तै पानीको पुरानो प्लास्टीक बोतल प्रति दुईरुपैंया र  अन्य आवश्यक जढिबुटिय झार दशकेजी बराबरको प्रतिमुठा  बिस रुपैंयामा खरिद गर्ने गरिएको खतिवडाले बताउनु भयो ।

x

Monday, 6 August 2018

साना किसान कृषि सहकारी संस्था लि.,सन्तपुर(म.) रौतहट , एक परिचय तथा प्रयास


    क)   परिचय :
        ग्रामिण क्षेत्रमा बसोवास गरी बस्ने न्युतम गरिबीको रेखामुनी रहेका गरिब fतथा अल्पसंख्यक, जनजाति दलितहरुको जीवनयापनका लागि ज्याला मजदुरी भन्दा दोस्रो बैकल्पिक पेशा नभएका विभिन्न ज्यालादारी पेशामा आवद्ध न्युनतम परिश्रमिकबाट जीवन गुजारा गर्ने श्रमजिवी कृषकहरुका लागि दीर्घजिवी तथा स्थायी आम्दानीका उपायहरु अवलम्बन गरी गरिबी न्युनिकरण गरी आफ्नो कार्यक्षेत्रभित्रका शेयर धनी तथा गैह्र शेयर धनी सदस्यहरुलाई सरल सुलभ उपायबाट कर्जा प्रवाह गरी जिवन स्तर उकास्नका लागि तथा गास,वास, कपास स्वास्थ्य र शिक्षामा पहुच पु¥याउनका लागि प्रदेश नं.२ अन्तर्गत नारायणी अञ्चल रौतहट जिल्ला चन्द्रपुर नगरपालिकाको महेन्द्र राजमार्ग चन्द्रनिगाहपुरदेखि दक्षिण ८ कि.मी. चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुर(म.) मा अवस्थित डिभिजन सहकारी कार्यालय भरतपुर ,चितवन बाट मिती २०६० साल पौष २० गते भई विधिवत रुपमा दर्ता नं.३२३ भइ यस साना किसान कृषि सहकारी संस्था लि.चन्द्रपुर –८, सन्तपुर(म.) स्थापना भयो । र तत्काली कृषि बिकास बैकको साना किसान बिकास आयोजना सन्तपुर(म.) बाट  मिती २०६१ साल अषाढ २१ गतेका दिन समुदायमा ब्यबस्थापन हस्तानतरण  भयो । 
        त्यसबेला संस्थामा समुह संख्या ८२ वटामा जम्मा सदस्य ७४७ जनामा महिला १९५ र पुरुष ५५२ जना सदस्यहरु रहेको ती सदस्यहरुको शेयर रकम ३५ हजार निक्षेप रकम ९ लाख भा.ना.रकम १२१५ हजार र पा.प.ब्याज बाकी १६९२ हजार रहेको थियो । तर आजको दिनमा सदस्यहरुको संस्था प्रतिको लगाब, माया ,सहयोग र सफल ब्यबसायिक कारोबारले र संस्थाको संचालक समिती, लेखा समिती बिभिन्न उप–समिती, कर्मचारीहरु लगायत समुह र अन्तरसमुहहरु सबैले आ–आफनो जिम्मेबारी र दायित्वहरु बहन गरेकोले गर्दा आ.व.०७४÷०७५ को रिपोर्ट अनुसार  समुह संख्या ४३६ वटामा जम्मा सदस्य २७९४  जनामा महिला २४५५ र पुरुष ३३९ जना सदस्यहरु बन्न सफल भएको र ती शेयर सदस्यहरुको शेयर रकम ३ करोड २६ लाख ४४ हजार रहेको , जम्मा गरेको निक्षेप रकम ११ करोड ३१ लाख ९६  हजार रहेको छ भन्ने  बिभिन्न कोषहरुमा गरी रकम १ करोड ३६ लाख २५ हजार रहेकोमा आ.व. २०७४÷०७५ को अबधिमा  ऋण लगानी २४ करोड ५८ लाख १० , ऋण साबा असुली १९ करोड ५८ लाख ५ हजार र ब्याज असुली ४ करोड ८८ लाख ९६ हजार गरी  अन्तमा शुद्घ नाफा ७७ लाख ९३ हजार गर्न सफल भएका छन । 
      संस्था सदैब आफना सदस्यहरुको हितको लागी स्थप्ना हुने भएकोले आफना सदस्यहरुको आर्थिक, सामाजिक, सामुदायिक बिकास गर्ने उदेश्यले समुहको माध्ययमबाट बचत , ऋणको सेबा उपलब्ध गराउनुका साथै सदस्यहरुलाई व्यबसायिक कृषि , पशुपालन गर्नको लागि बार्षिक ९ प्रतिशतको ब्याजदरमा (माशुजन्य ÷दुग्धजन्य ) पशुपालन  कर्जा प्रबाह गरिरहेको कुरा अवगत गराउन चाहन्छु ।
           संस्थाले सदस्यहरुले उत्पादन गरेको दुग्ध ६ वटा संकलन केन्द्रहरुबाछ कृषको घरदैलोमा नै खरिद गर्नको लागी दुग्ध संकलनकेनद्रको समेत संचालन गरिरहेको छ । भण्डै ६०० जना किसानहरुबाट दैनिक रुपमा २००० लि. दुग्ध संकलन गरिरहेको छ । र मासिक रुपमा दुग्ध बिक्री गरी लगभग १५  देखि २० लाख रुपैया कृषकको घरदैलोमा भित्रीयाएको कुरा जानकारी गराउन चाहन्छौ । 
      साथै सदस्यहरुलाई कृषिको लागि चाहिने मल ,खाध बिउ ,दाना ,चोकर हरु समेत संस्थाले कृषकको घरदैलामा सहज रुपमा संस्थाको आफनै साधनबाट उपलब्ध गराएका छन । सदस्यहरुलाई  परम्पारिक किसिमबाट गरिरहेको कृषि प्रणली लाई अहिलेको आधुनिक कृषी प्रणलीबाट कृषि ब्यबसाय गर्न संस्थाले हर सम्भब प्रयास गरिरहेको छ । सो को लागि संस्थाले माटो परिक्षण ,माटो सुधार त्तत्व तालिम ,गोष्टी जस्ता कार्यक्रमहरु संचालन गरिरहेका छन  । त्यसै गरी संस्थाले कृषिमा नाया नाया सीप बिकास गर्नको लागि साना किसान परिबारका छोराछोरी हरुलाई १०÷१२ महिने कृषि तालिम लिन र सीप सिक्नका लागि इजरायल समेत पठाउने गरेको छ ।
ख) अन्य कोषहरु
क्र.स. बिबरण                         सेबा केन्द्र च.पुर मु.का.सन्तपुर(म.) जम्मा
१)      राहत कोष                         रु.३,५०,०००।        रु.५,००,६०४।६६ रु.८,५०,६०४।६६
२)       कर्मचारी उपदानकोष र बिदाकोष  रु.५,००,०००। रु.२५,५८,९१५।         रु.३०,५८,९१५।
जम्मा कोषहरु                                 रु.८,५०,०००।       रु.३०,५९,५१९।६६ रु.३९,०९,५१९।६६

 ग) संस्थाबाट प्रदान गरेका सेवाहरु अन्य बिबिध सेबाहरु 

१) ऋण लगानीतर्फ
लघुकर्जा ः– (१५५)
कृषि कर्जा ः– (१४५)
सामुहिक दायित्व कर्जा ः– (१४५)
पशुपालनमासुजन्य र दुग्धजन्य (गाई) कर्जा ः– (९५)
नवीकरणीयउर्जा ( सोलार गोबरग्यास) ः– (१२५ )
दैनकब्यपार कर्जा ः– (१६५)

२) निक्षेप तर्फ
सा.बचत ः– (१०५)
कर्जा सुरक्षण कोष ः– (८५)
दैनिक बचत ः– (७५)
अ.समुह बचत ः– (७५)
आबधिक बचत ः– (१०५)
बाल÷बृद्द बचत ः– (८५)

३) अन्य विवध सेवा तर्फ
डेरी संचालन ः–(६ वटा संकलन केन्द्रमा ः–मोतिपुर, सन्तपुर चिसेमा,बेतौना,बसन्तपुर,बनबहुअरी  र                भवानीपुर)
मलखाद बिक्रीबितरण ः– (गतमा जम्मा– १२०० बोरा मध्ये यूरिया–८५०,डि.ए.पी.–३५० बोरा)
दानाचोकर खरिद बिक्री ः– (गतमा जम्मा– १००० बोरा मध्ये निर्मल दाना–५००,चोकर–३२५ र  सुपर दाना–          १७५ )
पशुधन सुरक्षण कार्यक्रम ः– (५०० वटा)
सदस्य सुरक्षण बचत
मृत्यू राहत कोष
अनुशरण ः– (पतौरा र पथरा बुधराम कार्यक्रम चलिरहेको अबस्थामा)
कार्यक्षेत्र  ः– चन्द्रपुर न.पा.को वडा नंं हरु १,२,३,४,५,६,७,१०,११,१२ ( सन्तपुर(म.), सेबा कार्यालय च.पुर र          जुबिेला )

४) सामाजिक÷सामुदायिक कार्यक्रम अन्तरगत 
स्वास्थ्य उप–चौकी गेट निर्माण (१) ।
सन्तपुर (म.)बजार शौचालय निर्माण सहयोग (१) ।
उन्नतजातको बोकाबितरण (१) मोतीपुर ।
घास बितरणवडा नं.३ बजारमा कृष्ण प्रणमी मन्दिरको ढोका निर्माणमा सहयोग
वडा नं २ सन्तपुर(म.) गाउको सार्बजनिक घरको छानो मर्मत
वडा नं.४ मा बसन्तपुरको मन्दिरको निर्माणमा सहयोग
वडा नं.६ मा बनबहुअरी माथिल्लो टोलमा सामुदायिक भवन निर्माणमा सहयोग
वडा नं.८ मा अल्टोकीमा शिब मन्दिरको झयाल निर्माणमा सहयोग
बेतौनाको दुग्ध संकलन गर्ने सार्बजनिक घरको छानो मर्मत ।
वडा नं.९ मोतीपुरको दुग्ध संकलन गर्ने सार्बजनिक घरको छानो मर्मत तथा धारा जडान ।

५) अध्ध्यन अवलोकन /भ्रमण 
६० बर्ष भन्दा माथीको बृद्द÷बृद्दा शेयरधनी सदस्यहरुलाइृ लुम्बिनी र देबघाट तिर्थस्थल अध्ययन र भ्रमण ।
सेबा केन्द्र च.पुरका संचालक तथा अन्तर –समुह अगुवाहरुलाई पश्चिमका संघ÷संस्थाहरुको अध्ययन अवलोकन भ्रमण ।

६) बाह्य निकायबाट सहयोग तथा अनुदान प्राप्त 
जिल्ला पशु सेबा गौरबाट १० वटा क्यान (स्टील)को ५०∞ अनुदानमा प्राप्त ।
जिल्ला पशु सेबा गौरबाट ५०० के. जी. घासको बिउ प्राप्त ।
सा.कि.बि.बैक लि.बाट तालिम हल निर्माणको लागी रु.२,००,०००। अनुदान प्राप्त सहयोग ।
प्याक्ट बाट दुग्ध उत्पादन तथा संकलन केन्द्र निर्माणको लागि रु.२७,००,०००। अनुदान सहयोग ।
७) पुरुस्कार तथा सम्मान
डि.डि.सी.हेटौडाबाट ४९औ दुग्ध बिकास संस्थानको दिबसमा संस्थालाई गुणस्तरीय दुग्ध दिने र नियमित दुग्ध दिए बापत नगद रु.५०००। र कदर–पत्र प्रदान ।
६० औ.राष्ट्रिय सहकारी दिबसमा संस्थाको अध्यक्ष श्री ध्रुब कोइराला लाई उत्कृष्ट संस्था तथा राम्रो सेबा प्रदान गरेको भनेर सम्मान तथा कदर–पत्र ।
८) अगामी योजना 
संस्थाले खरिद गरेको साढे ११ कठ्ठा जग्गामा दाना चोकर फैकट्री निर्माण ।
दुग्धको परिकार बनाउने र प्याकेजिन गर्ने उधोग संचालन गर्ने ।

Wednesday, 1 August 2018

साना किसान विकास लघुवित्त वित्तीय स्ांस्था लि.सँग ऋण स्वीकृतिका लागि आवश्यक संचालक समितिको निर्णय तथा कागजातहरुः–


निर्णयहरुः
प्र.नं. १) ऋण माँग तथा स्वीकृति सम्वन्धमाः–

उक्त प्रस्तावमाथि छलफल गर्दा .........................................(.संस्थाको नाम) त्यस लघुवित्त वित्तीय संस्था सँग ऋण कारोवारमा सहभागी भै सकेकोले आ.व. ..............का लागि तपशील अनुसारको शिर्षकमा उल्लेखित रकम माँगगर्ने निर्णय गरीयो । साथै उक्त ऋण स्वीकृतिका लागि साना किसान विकास लघुवित्त वित्तीय स्ांस्था लि ईलाका कार्यलय हेटौडासँग अनुरोध गर्नै निर्णय गरीयो ।
निम्न
क) लघु कर्जाकालागि रु .........................अक्षरेपी रु
ख) पशुपालनकर्जाकालागि रु .......................अक्षरेपी रु
ग) उर्जा कर्जाकालागि रु. ........................... अक्षरेपी रु.
प्र.नं. २)अधिकार प्रत्ययोजन सम्वन्धमाः–

उक्त प्रस्तावमाथि छलफल गर्दा उपरोक्त प्रस्ताव.नं. .....माउल्लेखित ऋण माँगको तमसुकगर्न तथाआर्थिक करोवार गर्न तपशीलअनुसार अधिकार प्रत्यायोजन गर्ने निर्णय गरीयो ।
निम्न
तमसुकगर्न ः– संस्थाका ..........(पद) श्री ..............................(.नाम)
आर्थिक करोवार गर्न ः–
१) संस्थाका ..........(पद) श्री ..............................(.नाम)
२)संस्थाका ..........(पद) श्री ..............................(.नाम)
प्र.नं. ३) जिम्मेवारी वहन सम्वन्धमाः–

उक्त प्रस्तावमाथि छलफल गर्दा साना किसान विकास लघुवित्त वित्तीय स्ांस्था लि. ईलाकाकार्यलय हेटौडावाट लिएको कर्जा भुक्तानीगर्न ब्यक्तिगततथा सामुहिक रुपमा समेत संचालक समितिजिम्मेवार रहने निर्णय गरीयो ।
प्र.नं. ४) मन्जुरी सम्वन्धमाः–

उक्त प्रस्तावमाथि छलफल गर्दा साना किसान विकास लघुवित्त वित्तीय स्ांस्था लि.सँगको कारोवारको सम्वन्धमा वैकको नीतिनियम ,कार्यविधि , सुझाव र निर्देशनको पालनागर्न मन्जुर गर्ने निर्णय गरीयो ।
प्रनं. ५) अनुमोदन सम्वन्धमाः–

उक्त प्रस्तावमाथि छलफल गर्दा साना किसान विकास लघुवित्त वित्तीय स्ांस्था लि.को शर्त सुविधामान्ने गरी उक्त वैक सँग कर्जा कारोवार गर्न आवश्यक सम्पुर्ण अधिकार संचालक समितिलाई दिनेगरि, आगामी साधारण सभावाट अनुमोदनगर्ने निर्णय गरीयो ।
प्रनं. ६) ग्रा.सु. खातावाट ऋण सावा तथा व्याज कट्टा गरिदिने सम्वन्धमा ः

उपरोक्त प्रस्तावमाथि छलफल गर्दा, साना किसान विकास लघुवित्त वित्तीय स्ांस्था लि.को ऋण सावा तथा व्याज असुल गर्नका लागि तथा यस संस्थाले माग गरे अनुसार ऋण उपलव्ध गराउदा लागेको वैंक शुल्क, यस संस्थाको त्यस वैंकमा रहेको ग्रा.सु. खातावाट कट्टागरि लिन मंजुर रहेको व्यहोरा सर्वसम्मतीले निर्णय गरियो ।





आवश्यक कागजातहरु
१) संस्थाको विनियमतथाकार्यविधिहरु संसोधनभएको भए । ( यदि सहभागिताको वखतमा पेश गरेकोमा संसोधनभएमामात्र )
२) लेखा परीक्षण प्रतिवेदन ( अघिल्लो आ.व.को)
३) खातावन्दीपुस्तिका ( अघिल्लो आ.व.को)
४) मासिकप्रगतिविवरण ( अघिल्लो आ.व. आषाढको तथा अघिल्लो महिनाको )
५) व्यवसायिक योजना ( संसोधनभएमामात्र) र म्यादपुगेको भएनयाँ । (म्यादनपुगेको भए नपर्नेंं)
६) संचालकतथाकर्मचारीको स्वघोषणा तथावायोडाटा ( संचालक तथा कर्मचारी परिवर्तन नभएमा नपर्ने ।परिवर्तन भएमा अनिवार्य )
७) संस्थाले अन्यवित्तीय संस्था सँग ऋण कारोवार गरे वा नगरेको । गरेको भए सो को अवस्था र शर्त विवरण । नगरेको भए नभएको जानकारी पत्र ।
८) संचालक समिति , कर्मचारी एवं लेखा समितिको अघिल्लो महिनाको वाँकी ऋण तथाव्याजको विवरण .(नाम द ,खुल्ने गरी)
९) ऋण स्वीकृत सम्बन्धी संचालक समितिको निर्णय ।
१०) चालु वर्षको वार्षिक वजेट किताव (संचालक समितिवाट स्वीकृत भएको )
११) मासुजन्यकर्जाको हकमा संस्थाको पशुपालनकार्यविधि र सोहीको अनुसुची२, अनिवार्य हुनु पर्ने छ। ऋण लगानीपश्चातकार्यविधिअनुसार गर्नु पर्ने छ ।
१२) प्रत्येक ऋणको अलग अलग माँग फारम तथा निर्णय प्रतिलिपीहुनु पर्ने छ ।
१३) अघिल्लो आ.व.को साधारण सभाको निर्णय प्रतिलिपी पेश नगरेको भए सो समेत पेश गर्नु पर्ने छ ।
१५) संस्था र बैक विचको सम्झौता ( अनुसुचि –४) संचालक परिवर्तन भएमामात्र )
१६) जमानतपत्र( संचालक परिवर्तन भएमा मात्र अनिवार्य)
१७) पशुपालनकर्जाको हकमा नियमावलीको अनुसुची २, ४.३, तथा ऋण लिनआउदा अनुसूची २.१ अनिवार्य पेश गर्नु पर्ने ।
१८) पशुपालनकर्जाको लागि पशुधन सुरक्षण नीति कार्यविधि बनाई पेश गर्नु पर्ने छ ।
१९) कर चुक्ता प्रमाण पत्र र बैंक हिसाब भिडान गरेको जानकारी अनिवार्य पेश गर्नु पर्ने छ ।
२०) संचालक समिति, कर्मचारी र लेखा समितिको बिवरण उपलब्ध गराउनु पर्ने छ ।
२१) ऋण स्विकृत गर्नुपर्ने संस्थाको चिठ्ठी
२२) संस्थामा कृषकसंग भएगरेको ऋण कारोवारको तमसुकको एक प्रति अनिवार्य ईलाका कार्यालयमा पठाउनु पर्ने ।

नोट ः– यस कागजमा भएका निर्णयहरु तथा कागजात हरु अनिवार्य पुरा हुनु पर्ने छ । यो विवरण प्रत्येक वर्ष आवश्यकहुने भएकोले नहराई राख्नु हुन अनुरोध छ । साथै एक पटक पेश भई सकेको डकुमेन्ट परीवर्तन नहुन्जेल आवश्यकन पर्ने जानकारी गराईन्छ ।