Sunday, 29 July 2018

साना किसान कृषि सहकारी मनहर्वाको मुनाफा ८६ लाख ५२ हजार


मनहर्वा,बारा
१३ श्रावण २०७५
 साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले गत आर्थीक बर्ष २०७४।७५ मा ८६ लाख ५२ हजार मुनाफा गरेको छ । असार मसान्तमा सम्पन्न गरेको खाताबन्दीबाट लक्ष्यको तुलनामा १०४ दशमलव १४ प्रतीशतले नाफामा वृद्धि गरेको संस्थाले जनाएको छ । ८३ लाख ८ हजार नाफा गर्ने लक्ष्य निर्धारण गरेकोमा ३ लाख ४४ हजारले नाफा वृद्धि भएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनु भयो । सोही आर्थिक बर्ष संस्थाले १७ करोड ६२ लाख ५ हजार कर्जा लगानी गरेकोमा १२ करोड १ लाख ८७ साँवा असुली गरेको छ । २० करोड २५ लाख ५२ हजार कर्जा लगानीमा रहेको संस्थाले ८ करोड ७३लाख ५५ हजार बाह्य कर्जा लिएको र बाँकी संस्थागत पूजी परिचालन गरेको जनाएको छ । सदस्यहरुको १ करोड ७४ लाख २५ हजार शेयर पूँजी रहेको संस्थामा  १ हजार ९ सय २८ महिला सहित १ हजार ९ सय ७६ जना शेयर सदस्य रहेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका १८को बडहर्वामा कार्यालय रहेको संस्थाले बचत तथा ऋण कारोबारका अलावा कृषि विशेष कार्यक्रम समेत संचालन गर्दै आएको छ । संस्थाले आफ्नो कार्यालयबाट सदस्यहरुलाई विभिन्न खालका रेमिट सेवा समेत दिदै आएको अध्यक्ष खड्काले जानकारी दिनु भयो ।

Wednesday, 25 July 2018

साना किसान विकास लघुवित्त वित्तिय संस्था लि., ईलाका कार्यालय हेटौडाको सुचना !

       यस ईलाका कार्यालय अन्र्तगतका संस्थाहरुसंग निम्न विषयमा छलफल र अन्तरक्रिया गर्न निम्न मितिमा कार्यक्रम आयोजना गरिएकोले, जिल्ला अनुसारका सवै सा.कि. संस्थाका प्रवन्धकज्यु हरुलाई उक्त कार्यक्रममा भाग लिई अन्र्तक्रिया गर्नुहुनका लागि अनुरोध गर्दछौ । 

छलफलका विषयहरु ः
१. मासिक प्रगति एक्सल सिट ग्रेड सहित 
२. पशुधन सुरक्षणको लागि एक्सल सिट, 
३. क्षेत्रगत कर्जाको रिपोर्टिंग
४. ऋण स्वीकृत गराउन आवश्यक कागजात र निर्णय
५. गुण नियन्त्रण समुह निर्माण
६.अन्य विविध विषयहरु
कार्यक्रम हुने ः
मिति ०७५।०४।१४ मा सा.कि. सन्तपुर(रौतहट जिल्लाका लागि)
मिति ०७५।०४।१५ मा सा.कि. मनहर्वा ( बारा र पर्साका लागि)
मिति ०७५।०४।१६ मा सा.कि. मनहरी (मकवानपुर जिल्लाका लागि)
मिति ०७५।०४।१८ मा सा.कि. कुमरोज (चितवन जिल्लाका लागि)

सहभागीहरुले आषाढ महिनाको प्रगति( सकेसम्म एक्सलको), गत आ.व.को ले.प रिपोर्ट, ल्यापटप(हुने र जुटाउन सक्नेले) लिएर आउनुहोला । सप्mटवेयर चल्ने ल्यापटप भए अझ राम्रो 



साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.
ईलाका कार्यालय हेटौडा

Friday, 20 July 2018

साना किसान बिकास लघुवित्त वित्तीय संस्था लि., ईलाका कार्यालय हेटौडाबाट प्रदान गरिने तालिम कार्यक्रमहरु ः


उपयुक्त र आवश्यक लागेमा ईलाका कार्यालयमा सम्पर्ग तथा समन्वय गर्न सक्नुहुनेछ ।

१. पल्र्स तालिम ः
वित्तिय कारोवारमा संलग्न सहकारी संस्थाहरुले संस्थाको वित्तीय सुचांकहरुको सदैव अद्यावधिक अध्ययन गर्न आवश्यक हुन्छ । सो अध्ययनका लागि सुचना दिने एक प्रभावशाली औजार हो, पल्र्स अनुगमन प्रणाली । यो तालिम कार्यक्रम २ दिने हुनेछ ।
त्यसका विधि, प्रभाव र उपायहरु बारेमा जानकारी लिनका लागि संस्थाका लेखा, वित्त हेर्ने प्रवन्धक, कर्मचारी, सामान्य अंक गणितीय ज्ञान भएका संचालक, लेखा समिति सदस्य यस तालिम कार्यक्रमका लक्षीत सहभागी हुनेछन ।

२. ऋण व्यवस्थापन तालिम ः 
ऋण व्यवस्थापनका अंगहरु, सहकारी संस्थामा हुने ऋण जोखिम, व्याजदर निर्धारणका सामान्य व्यवहारिक अभ्यासहरु, आवश्यक कागजात र सो को तयारी, किस्ता अवधि र असर, भा.ना.कर्जा र असर, ऋण लगानी पुर्व ध्यानुदिनुपर्ने कुराहरु जस्ता विषयलाई समेटी २ दिनको तालिम कार्यक्रम गरिने छ ।
यस तालिमका लागि, ऋण फाँटमा काम गर्ने कर्मचारी, प्रवन्धक, ऋण उप समितिमा रहने पदाधिकारी, संचालक अध्यक्ष तथा सदस्यहरु लक्षीत सहभागी हुन ।

३. आन्तरिक नियन्त्रण ः
संस्थाको आन्तरिक नियन्त्रणलाई मजवुद बनाई सुसासन प्रत्याभुत गर्न संस्थाको लेखा समितिलाई ( सामान्य मात्र लेखाको ज्ञान भएकोलाई) हिसाव चेक गर्ने, रुजु गर्ने, बासलातको अध्ययन गर्ने, साधारण सभा निर्णय, संस्थाको बजेट तथा योजनाको बारेमा सचेत बनाई राय व्यक्त गर्न सक्ने बनाउनु यस तालिमको उदेस्य हुनेछ ।
२ दिने यस तालिममा लेखा समिति संयोजक तथा सदस्यहरु सहभागी हुन सक्नेछन । संचालक तथा कर्मचारी पनि लक्षीत सहभागी भित्र पर्दछन ।

४. संचालक तथा लेखा समिति क्षमता विकास तालिम 
संचालक तथा लेखा समिति सदस्यलाई सहकारी अवधारणा, नियम, संस्थाको विनीयम, सहकारी मापदण्ड, समिति तथा उपसमितिका काम कर्तव्य अधिकार, संस्थाको नीति नियम, बचत, ऋण, व्यावसायिक योजनाका वारेमा दिइने ३ दिवसीय तालिम । यस तालिममा संचालक तथा लेखा समिति सदस्य सहभागी हुन सक्छन ।

५. वित्तिय साक्षरता ः
यो तालिम संस्था स्तरमा समुहका अगुवा, सदस्य तथा कार्यक्षेत्रका गैर सदस्यलाई पनि सहभागी गराई एक दिवसीय रुपमा सहकारी, शेयर,बचत,ऋण, विमा, विप्रेशण, साधारण सभा, सदस्यको काम कर्तव्य अधिकार बारेमा छलफल र अन्र्तक्रिया गरिनेछ ।

६. निति, नियम, कार्यविधि सचेतना तालिम ः
संस्थाका संचालक पदाधिकारी तथा प्रवन्धक कर्मचारीलाई लक्षीत गरि २ दिनको तालिम संचालन गरिने छ ।
यस तालिमका विषयहरु संस्थामा हुनुपर्ने न्युनतम् कार्यविधिहरु, कार्यविधि निर्माण गर्ने तरिका, बनेका नियम संसोधन गर्ने तरिकाहरु, नियमहरु वीचको अन्र्तसम्वन्ध, राज्यका संम्वन्धित नियमहरुको बारेमा जानकारी आदि हुनेछ ।

७.  MS Office package (MS Word, Excel, Powerpoint and Gmail)  :
यस कार्यक्रममा संस्थाका कार्यरत कर्मचारी तथा प्रवन्धक, ईच्छुक र योग्य पदाधिकारीहरुलाई सहभागी गराईने छ । सामान्य रुपमा कम्प्युटर माईक्रोसप्mट अपिस प्याकेज प्रयोग गर्न सक्ने हुनुपर्छ ।
२ दिने यस कार्यक्रम हाल लाई आफुले सिकेको कुरा अरुमा वाड्ने शैलीमा आधारीत हुनेछ ।

Thursday, 19 July 2018

साना किसान सहकारी अभियानको एक नेतृत्वदायी संस्था, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को परिचय(विकिपिडीयाको सामाग्री)

परिचय

नामः साना किसान बिकास बैंक लिमिटेड संस्थाको प्रकारः नेपाल राष्ट्र बैंकबाट  “घ” बर्गको ईजाजत प्रप्त गरी लघु वित्त क्षेत्रमा अग्रणी भूमिका निभाई रहेको लघु बित्त बैंक हो । स्थापनाः बि सं २०५८ आषाढ २२ । नेपाल राष्ट्र बैंकबाट शैद्धान्तिक सहमती २०५८ साल फागुन २७ गते । ठेगानाः सुबिधानगर, तिनकुने काठमाण्डौ । सम्पर्कः ४१११८२८, ४१११९०२ फ्याक्सः ४१११९२३ । ईमेलः info@skbbl.com.np । वेब ठेगानाः www.skbbl.com.np

पुँजी संरचना

बैङ्कको अधिकृत पुँजी रु. ६४ करोड, जारी पुँजी रु. ६४ करोड र चुक्ता पुँजी रु. ५० करोड रहेको छ । वि.सं. २०७५ असारसम्ममा बैंकको चुक्ता पुजि रु. ६३ करोड पुर्‍याउने योजना रहेको छ । हाल चुक्ता पुँजीमा कृषि विकास बैङ्कको २२%, नेपाल बैङक लि. को ६%, नबिल बैङ्क लि.को ३% र २३१ वटा साना किसान कृषि सहकारी संस्थाहरूको ३९% हिस्सा रहेको छ भने सर्वसाधारणको ३०% सेयर स्वामित्व रहेको छ ।
सङ्गठनात्मक संरचना:
साधारण सभा बैङ्कको सर्वोच्च साङ्गठनिक निकाय हो । सञ्चालक समितिमा कार्यकारी अधिकार रहेको हुन्छ । बैङ्कको सञ्चालन व्यवस्थाका लागि सञ्चालक समिति अन्तरगत प्रमुख कार्यकारी अधिकृत रहने र त्यस अन्तरगत विभिन्न विभाग, फाँट तथा इलाका कार्यालयहरू रहने व्यवस्था छ । सञ्चालक समिति अन्तरगत लेखा परीक्षण समिति रहने तथा बैङ्कका व्यवस्थापन तहका कर्मचारीले कम्पनी सचिवको समेत कार्य गर्ने व्यवस्था मिलाईएको छ । प्रत्येक इलाका कार्यालयहरूमा समेत विभिन्न फाँटहरू रहने र सोसम्बन्धी जिम्मेवार कर्मचारी तोक्ने व्यवस्था रहेको छ ।
बैङ्कको उद्देश्य
थोक कर्जा लगानी गर्ने केन्द्रीय स्तरको लघुवित्त विकास बैङ्कको मान्यता अनुरूप यस बैङ्कको उद्देश्य निम्नानुसार रहेको छ– १ नेपालको ग्रामीण क्षेत्रका साना किसान सहकारी संस्थाहरू र गरिबी निवारणमा संलग्न समान प्रकृतिका अन्य लघुवित्त संस्थाहरूलाई थोक कर्जा र पटके कर्जा प्रदान गर्ने । २ नेपाल राष्ट्र बैङ्कको मार्गदर्शन अनुरूप सहकारी संस्था तथा लघुवित्त संस्थाहरूको कारोबारको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण गर्ने र आवश्यक निर्देशन दिने । ३ लघु व्यवसाय एवं ग्रामीण वित्त बजारको विकास, विस्तार, प्रवद्र्धन र सुदृढीकरण गर्ने तथा वित्तीय एवं प्राविधिक सहयोग उपलब्ध गराउने र आवश्यक तालिम उपलब्ध गराउन सहयोग पुर्‍याउने । ४ संस्थाहरूको संस्थागत एवं मानव संसाधन विकास गर्न आवश्यक सहयोग गर्ने । ५ संस्थाहरू मार्फत ग्रामीण जनताको आम्दानी एवं रोजगारीका अवसरमा अभिवृद्धि गरी गरिबी निवारण सम्बन्धी कार्यमा सघाउ पुर्‍याउने । ६ मुलुकमा छरिएर रहेको पुँजीलाई एकिकृत गरी संस्थागत लगानी तथा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट वित्तीय मध्यस्थताको सेवा उपलब्ध गराउने ।

बैङ्कको कार्यक्षेत्र

• साना किसान सहकारी संस्था लगायत अन्य यस्तै प्रकृतिका लघुवित्त संस्थाहरूलाई छोटो र मध्यम अवधिको थोक कर्जा र पुनरकर्जा प्रदान गर्ने । • नेपाल सरकार तथा दातृ सङ्घ÷संस्थाहरूबाट प्राप्त स्रोत परिचालन गरी संस्थाहरूमार्फत सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालनमा सहयोग पु¥याउने । • आबद्ध संस्थाहरूको साङ्गठनिक तथा वित्तीय सक्षमता विकासका लागि आवश्यक वित्तीय सहयोग पु¥याउने । • संस्थाहरूको सबलीकरणका लागि नियमित परामर्श सेवा तथा अन्य प्राविधिक सहयोग पु¥याउने । • आबद्ध संस्थाहरूको वित्तीय कारोबार लगायत समग्र क्रियाकलापको निरीक्षण, अनुगमन तथा मूल्याङ्कन गर्ने÷गराउने । • विद्यमान साना किसान सहकारी संस्थाहरूलाई सेवा नपुगेका अन्य स्थानमा समान प्रकृतिका संस्थाहरू निर्माण गर्न अनुसरण (Replication) कार्यक्रम सञ्चालन गर्ने कार्यमा अभिप्रेरित, प्रोत्साहन र सहयोग गर्ने । • संस्थाहरूको वित्तीय स्व–सक्षमता र दिगोपनालाई निरन्तर अभिवृद्धि गर्न आवश्यक रणनीति अवलम्वन गर्ने÷गराउने । • ग्रामीण विकास वित्तको सफल अवधारणा तथा प्रारूपलाई अरू संस्थामा समेत लागू गराउने। • नेपाल राष्ट्र बैङ्कबाट निर्धारित सर्तको अधिनमा निक्षेप सङ्कलन गरी बाहय स्रोतको निर्भरता कम गर्दै लैजाने । • नेपाल राष्ट्र बैङ्कको मार्गदर्शनअनुरूप बैङ्कको वित्तीय सूचकाङ्क कायम गर्दै संस्थागत सुशासनमा रहने ।

Wednesday, 18 July 2018

कान्तिपुर दैनिकमा प्रकाशित समाचार
साना किसान कृषि सहकारी संस्था लि., बासामाडी, मकवानपुरको पहल

साना किसान सहकारीले विविध कार्यक्रम गरि धान दिवस मनाए




मनहर्वा,बारा र बज्रवाराही, मकवानपुर

१५ असार २०७५
कृषि क्षेत्रमा राज्यको लगानी बढाउनु पर्ने जितपुरसिमरा उपमहानगरपालिका मेयर डा. कृष्ण पौडेलले बताउनु भएको छ । उपमहानगरको वडा नं.१८स्थीत बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वामा आयोजना गरेको राष्ट्रिय धान दिवस विशेष कार्यक्रमको उद्घाटन गर्नु हुँदै मेयर पौडेलले कृषि क्षेत्रको विकास अपरिहार्य भएको समेत बताउनु भयो । किसानका लागि आवश्यक सिंचाई मलविउ,कृषि उपकरण सहजतामा सरकारी लगानी बढाउनु पर्ने वहाँको भनाई थियो ।
साना किसान कृषि सहकारी संस्था मनहर्वाले संस्था आवद्ध २ हजार १सय साना किसान सदस्यहरुको आर्थिक जीवन परिवर्तनका लागि संचालन गर्ने विशेष कृषि परियोजानको घोषण समेत गर्नु भएका पौडेलले उपमहानगर कृषिमैत्री रहेको बताउनु भयो । कृषिको विकास विनाको आर्थीक समृद्धि हाँसिल नहुने वहाँको भनाई थियो ।
त्यस्तै जिल्ला कृषि विकास कार्यालय बाराका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बारा जिल्ला धान उत्पादनमा आत्मनिर्भर रहेको बताउनु भयो । आत्मनिर्भर भएरपनी जिल्लाका किसानका अनेकन समस्या रहेको बताउँदै साहले समाधानका लागि स्थानिय तहले विशेष भुमिका खेल्नु पर्ने बताउनु भयो । 
कार्यक्रममा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिस्श्रीलाल सहनी, सदस्य विन्दा सिंह, सामुदायिक विकास कार्यक्रम बाराका प्रमुख विपिन दाहाल जितपुरसिमरा उपमहानगरपालिका १७ का अध्यक्ष नवराज खड्का, १८का अध्यक्ष अर्जुन प्रसाद दाहाल, कान्तिपुर टेलीभिजनका वरिष्ट संवाददाता उपेन्द्र ठाकुर, पत्रकार पंकज श्रेष्ठ, स्थानिय जनप्रतिनीधिहरु लगायत संस्थाका दुईसय महिला सदस्यहरुको सहभागिता रहेको थियो । सहभागीहरु जैतापुरमा एक विगाह जमिनमा धान रोपेर नाचगान गरि दहिचिउरा खाएर राष्टिय धान दिवस मनाएका थिए ।
कार्यक्रमको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको अन्तरसमुह नं.३का महिलाहरुकोले गित गाएर अतिथीहरुलाई स्वागत गरेका थिए । भने संस्था अध्यक्षले संस्थाले अघि सारेको कृषिसँग सम्बधित कार्यक्रमको भावि कार्ययोजना सहितको जानकारी गराउनु भएको थियो ।
साना किसान कृषि सहकारी संस्था मनहर्वाले सदस्यहरुलाई तरकारीबालि अन्नबालि तथा पशुपालनका लागि सहुलिय कर्जा प्रदान गर्दै आएको छ । संस्था यसैबर्षबा किसानले उत्पादनमा जोड दिँदै सदस्यहरुलाई विशेष तालिम संचालन सुरु गरेको छ । कृषि प्राविधिक नियूक्त गरी संस्थाले जैविक विषादी उत्पादन समेत सुरु गरेको जनाएको छ । किसानहरुले उत्पादन गर्ने कृषि उपज संकलन गरी बजारीकरण गर्ने कार्यक्रमबाट ५ हजार परिवारका २५हजार मानिस लाभांति हुने अनुमान गरिएको संस्थाकी अध्यक्ष नयनकला खड्काले बताईन् ।
कार्यक्रम साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाका मुख्यप्रबन्धक पुष्पराज खतिवडाको संचालनमा सम्पन्न भएको हो ।
यसै गरि सा.कि. बज्रवराही, मकवानपुरमा पनि धान दिवस भव्य रुपमा मनाइएको जानकारी प्राप्त भएको छ । 

Declaration of Sana Kisan Summit 2014


Building Strong Grassroots Level Institution to Reduce Poverty
 Declaration of Sana Kisan Summit 2014
Organizer of Sana Kisan Summit
November 3, 2014

The Sana Kisan Summit Nepal 2014 has set goals for ensuring access to financial and non-financial services to one million poor families through the promotion of 1000 Strong Grassroots Level Institutions spread in 70 districts of Nepal by 2025; and help the small farmers and their families to reduce widespread and acute poverty prevailing in the rural and remote communities. To achieve set goals actors of SFACLs’ systemic approach: Sana Kisan Bikas Bank Ltd (SKBBL), Nepal Agricultural Central Cooperative Federation Ltd (NACCFL) and district federations of NACCFL and Small Farmer Agriculture Cooperative Ltd (SFACLs) committed for the following:

1.     Being aware that financial services are often unable to reach the poorest and marginalized section of the communities; SKBBL, NACCFL and SFACLs are dedicated to serve most of the families residing in the operating areas of the SFACLs,

2.     Ensure to increase the participation of women, youth and people from marginalized communities in the management, decision making, using services SFACLs for the socio and economic development of the members and their families,

3.     Maintain and collect disaggregated data of members on a regular basis to ensure social and economic inclusion,

4.     Facilitate linkages and networking with government, donors in national and international levels and other development partners to create enabling environment for the poor to make increasing investment in enterprises and infrastructure,  promote value chain and sustainable livelihoods for all the members of different socio economic strata in order to achieve inclusive economic growth,

5.      Incorporate the best practices of SFACLs inside the country and cooperatives from across the globe to run SFACLs in the interest of members’ and in line with the cooperative principles and values,

6.     Develop human resources of  SKBBL, NACCFL and SFACLs to handle institutions on efficient manner, serve un-serve and underserved, and provide qualitative services to members,

7.     Ensure good governance and internal control in the SFACLs to provide services to members efficient and cost effective manner in order to achieve  long term sustainability and replicability of the approach,

8.     Establishment of cooperative insurance company owned by SKBBL, NACCFL, SFACLs other relevant stakeholders to provide micro- insurance (micro life, health, assets and cattle) services to members and their families to protect small farmers and poor families from risks and vulnerabilities through the

9.     Apply ICT to serve the underserved and un-served in rural and remote areas on efficient and effective manner,

10.  Draft code of conduct and ethics; adherence of code of conduct and ethics for the effective operations of SFACLs’ systemic approach,

11.  Review diversified products and services periodically to ensure emerging needs of the clients are met,

12.  Ensure application of client protection principles and social performance standards on gradual basis to protect the interest of both institution and members.

13.  Work in collaboration with Microfinance Summit Nepal, SACCOSs’ Summit, Global Micro Credit Summit to the Summit’s goals, promote learning agendas and exchange best practices,

14.  Work with the media to expand awareness, create conducive environment and fuel implementation of goals and action plan

15.  Summit requests to:

Ministry of Finance to allocate funds for replication of SFACL model throughout the country, capacity building of SFACLs and conducting impact assessments and other relevant studies in the SFACL sector,

Ministry of Finance and National Planning Commission to include SFACLs’ systemic approach as a homegrown and effective approach for alleviating widespread poverty prevailing in the rural and remote communities as a priority sector of national development program and ensure that the SFACLs’ systemic approach are used as the conduit for the planning and implementation of various social and economic development activities in the deprived communities,

Ministry of Agricultural Development to include SFACLs’ systemic approach to implement agriculture related livelihood activities and to professionalize and modernize agriculture sector,

Ministry of Cooperative and Poverty Alleviation and Department of Cooperatives to take necessary initiatives to amend the existing cooperative Act, Rules and regulations to make them friendly for the healthy cooperative sector and in consultation with the stakeholders formulate vision, strategies and action plans for promoting healthy cooperatives system in the country

Nepal Rastra Bank to delegate supervisory authority and provide funds to SKBBL to supervise and take corrective measures for improving performance of SFACLs

The organizing committee announces that Sana Kisan Summit will conduct in every five year and SKBBL and NACCFL monitors the progress on the implementation of the Summit declaration.

साना किसान कृषि सहकारी संस्थाहरुमा सुशासन प्रवद्र्धन


झलेन्द्र भट्टराई

“शासन” को अवधारणा मानव सभ्यता जति नै पुरानो हो । सामान्य अर्थमा “शासन” भन्नाले “निर्णय गर्ने र निर्णय कार्यान्वयन गराउने प्रकृया” भन्ने बुझिन्छ । घर–परिवार देखि कुनै पनि संस्था, राज्य र अन्तर्राष्ट्रिय संगठन समेत आफ्नै तहको “शासन” बाट सञ्चाति हुन्छ । तसर्थ निर्णय गर्ने र कार्यान्वयन गर्ने वा नगर्ने प्रकृयामा औपचारिक वा अनौपचारिक रुपमा संलग्न हुने “कर्ता” वा संगठनको औपचारिक वा अनौपचारिक स्वरुपले शासनको प्रभावकारितालाई निर्देशित गरेको हुन्छ ।  
औपचारिक स्वरुपको कुरा गर्दा शासनको एउटा “कर्ता” सरकार हो भने समाजका अन्य एकाईहरु पनि आफ्नो उद्देश्य प्राप्तिका लागि निर्णय गर्ने र सो कार्यान्वयन गराउने वा नगराउने प्रकृयाका “कर्ता” हरु हुन् । जस्तैः ग्रामीण क्षेत्रको कुरा गर्ने हो भने प्रभावशाली जमिन्दार, व्यवसायिक संगठन, सहकारी, गैर सरकारी संस्था, अनुसन्धान केन्द्रहरु, धार्मिक नेताहरु, राजनीतिक नेताहरु, सेना आदि अन्य कर्ताहरु हुन् । सहरी क्षेत्रमा आए पछि कर्ताहरुको अन्तर सम्वन्ध अझ जटिल बन्दै जान्छ । राष्ट्रिय तहमा त माथिका कर्ताहरु बाहेक सञ्चार जगत, अभियानकर्ता, बहुराष्ट्रिय संस्थानहरु, अन्तर्राष्ट्रिय संगठनहरु अदिले पनि निर्णय प्रकृयामा ठूलो प्रभाव पार्ने गर्छन् । सरकार र सेना बाहेकका यी सबै “कर्ता” हरुलाई एकै ठाउँमा राखेर नागरिक समाजको अंगको रुपमा हेर्न सकिन्छ । केही राष्ट्रहरुमा त संगठित अपराधिक गिरोहले पनि खास गरी सहरी र राष्ट्रिय तहको निर्णय प्रकृयामा प्रभाव पार्ने “कर्ता” को रुपमा अस्तित्व कायम गरेको पाइन्छ । 
यस प्रकार शासन शव्दले “कुनै पनि निर्णय गर्ने, सो कार्यान्वयन गर्ने वा नगर्ने सम्बन्धमा सरोकारवालाहरुको प्रभावको परिणाम” लाई इङ्गित गरेको हुन्छ । 
सुशासन
“सुशासन” वा “असल शासन” शब्दले “ठीक” ढंगले निर्णय गर्ने र सो को कार्यान्वयन गराउने परिपाटी बुझाउँछ । तर शासन प्रणालीका विविध “कर्ता” र उनीहरुका स्वःनिहित स्वार्थहरुका कारण सर्व स्वीकार्य “ठीक” पहिल्याउन कठिन हुन्छ । आ–आफ्ना “ठीक” को बीचमा हुने द्वन्द्वलाई कम गर्न र न्यूनतम समर्थनका आधारहरु निर्माण गर्न सकियो भने त्यो नै सुशासन हुन्छ । त्यस्ता आधारहरु संगठनका स्वरुप र उद्देश्य अनुरुप केही फरक हुन सके पनि सहभागिता, विधिको शासन, पारदर्शिता, उत्तरदायित्व, सहमति, समावेशिता, कार्यकुशलता एवं प्रभावकारिता र जवाफदेहितालाई सुशासनको मेरुदण्डको रुपमा लिइन्छ । 
नेपालको सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले सुशासन प्रत्याभूतिका लागि कार्य सम्पादन गर्दा निश्चित कार्यविधिहरु अपनाउनु पर्ने तोकेको छ । जस्तैः
(क) निश्चित कार्यविधि अवलम्बन गर्नुपर्ने 
(ख) निश्चित समय सिमाभित्र निर्णय गर्नु पर्ने
(ग) निर्णय गर्दा पारदर्शिता अपनाउनु पर्ने 
(घ) निर्णय गर्दा आधार र कारण खुलाउनु पर्ने
(ङ) स्वार्थ बझिएमा निर्णय गर्न नहुने 
(च) आफ्नो जिम्मेवारी पन्छाउन नहुने
(छ) अधिकार प्रत्यायोजन गर्न सक्ने
(ज) नागरिक बडा पत्र राख्न पर्ने
(झ) सार्वजनिक सुनुवाई गराउनु पर्ने
(ञ) गुनासो व्यवस्थापन
(ट) अरुको अधिकारमा हस्तक्षेप गर्नु नहुने
(ठ) प्रवक्ता तोक्नु पर्ने
(ड) तोके बमोजिमको मात्र सुविधा लिन पाउने आदि
सुशासनको कसीमा साना किसान सहकारी संस्था
व्यापक रुपमा स्वीकार गरिएका सुशासनका ८ वटा विशेषताहरुको आधारमा साना किसान सहकारी संस्थामा सुशासनको अवस्था मूल्यांकन गर्ने प्रयास गरिएको छ । 
ज्ञ। सहभागिता
संरचनागत रुपमा साना किसान सहकारी संस्थामा सहभागिताको ज्यादै राम्रो प्रत्याभूति छ । प्रत्येक सदस्यहरु आफ्नो समूहका छलफल र निर्णयहरुमा, अन्तर समूहको बैठकमा र संस्था स्तरको साधारण सभामा निर्वाध रुपले सहभागि हुन पाउँछ । संस्थाले प्रजातान्त्रिक निर्णय प्रकृया मार्फत प्रत्येक सदस्यलाई निर्णय प्रकृयामा समान सहभागिताको अवसर दिएको हुन्छ । संस्थाले प्रदान गर्ने वचत, ऋण, बिमा, उद्यमशिलता, बजार वा अन्य कुनै पनि सेवामा सहभागी हुन सक्छ । संस्थाको मुनाफामा प्रत्येक सदस्यको भागिदारी रहन्छ । निर्णय प्रकृया, सेवा र मुनाफामा मात्र होइन संस्थाबाट आव्हान गरिएका सामाजिक सामूदायिक विकासका क्रियाकलापहरुमा पनि सबै सदस्यहरुको सहभागिताको हक शुरक्षित हुन्छ । आ–आफुले प्रतिनिधित्व गरेका वडा स्तरीय अन्तर समूहमा सञ्चालक पदाधिकारीले संस्थाका निर्णयहरु पु¥याउने, राय लिने र सहमति निर्माण गर्ने पद्धति रहेको छ । वडा स्तरीय अन्तर समूहका प्रतिनिधिहरुले आ–आफ्ना समूहहरुमा ती निर्णयहरु छलफलका लागि वा कार्यान्वयनका लागि पु¥याउने व्यवस्था रहेको छ । 
द्द। विधिको साशन
मुलुकको संविधान र प्रचलित ऐन कानूनको अधिनमा रही साना किसान सहकारी संस्थाको सर्वोच्च निकाय साधारण सभाले विनियम बनाएको हुन्छ । सहकारी रजिष्ट्रारबाट स्वीकृति प्राप्त गरेपछि उक्त विनियम संस्थाको मूल कानून बनेको हुन्छ । विनियमले संस्थाको उद्देश्य सञ्चालन, निर्वाचन, सञ्चालक समिति, साधारण सभा, व्यवस्थापक, अभिलेख, वित्तीय स्रोत काम कर्तव्यहरु अदिको सम्बन्धमा व्यवस्था गरेको हुन्छ । 
यहि विनियमको अधिनमा रही साधारण सभाले वचत तथा ऋण नीति, पशुविमा नीति, निर्वाचन नीति, विशेष कर्जा नीति, कर्मचारी सेवा सर्त नियमावली, आर्थिक प्रशासनिक नियमावली, सामाजिक सामुदायिक कार्य सञ्चालन नीति आदि तर्जुमा गर्दछ । यी नीतिहरु कार्यान्वयन गर्न सञ्चालक समितिले उपयुक्त कार्यविधीहरु तर्जुमा गरी लागु गर्दछ । साधारण सभा संस्थाको सर्वेच्च निकाय हो भने कार्यकारी अधिकार सञ्चालक समितिमा रहेको हुन्छ । सञ्चालक समितिले तर्जुमा गरेका नीति, कार्यविधी र निर्णयहरुको कार्यान्वयन गर्न प्रशासनिक तहमा व्यवस्थापक र निजका मातहतका कर्मचारी हुन्छन् भने सांगठनिक तहमा विभिन्न विषयगत उप समितिहरु, अन्तर समूह र समूहहरु सकृय हुन्छन् । 
संस्थाको हर हिसाव र सुशासन प्रत्याभूतिका लागि स्वतन्त्र रुपमा सदस्यहरु बीचबाट लेखा परिक्षण समिति गठन गरेको हुन्छ । लेखा परिक्षण समितिले सञ्चालक समितिका गतिविधीहरुको प्रतिवेदन साधारण सभा समक्ष प्रस्तुत गर्ने व्यवस्था रहेको हुन्छ । 
विशेष कार्यक्रम सञ्चालनका लागि विषयगत उप समितिहरु गठन गरिएका हुन्छन् । यस्ता उप समितिहरुमा सञ्चालक समितिका अध्यक्ष बाहेकका प्रतिनिधी सञ्योजक हुन्छन् । भने सम्वन्धित विषयका ज्ञाता अन्य सदस्यहरु हुन्छन् । तोकिएको कार्मचारीले यस्ता उप समितिको सचिवको रुपमा कार्य गरी प्रशासनिक सन्तुलन मिलाउँछन् । 
साधारण सभा वार्षिक कार्यहरुको अनुमोदन, भावी योजना पारित र नीति निर्माण गर्ने स्थल मात्र नभई सार्वजनिक सुनुवाईको थलोको रुपमा पनि हेर्न सकिन्छ । वाह्य स्वतन्त्र लेखा परिक्षकको प्रतिवेदन साधारण सभामा छलफलका लागि प्रस्तुत हुन्छ । सदस्यहरुले स्वतन्त्रतापूर्वक आफ्ना धारणा र प्रश्नहरु राख्दछन् । यसले कार्यकारी अधिकार प्रप्त पक्षहरुलाई सधैं अनुशासनमा रहन सतर्क बनाई राख्ने हुन्छ ।
संस्थाका प्रत्येक कृयाकलाप सहकारी मापदण्ड–२०६८ ले तोकेका सर्त र सुविधाका अधिनमा रही सञ्चालन भएका हुन्छन् । कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो स्वविवेकले आफुखुसीको कार्य गर्न पाउने अवसर संस्थामा नरहेकोले विधिको साशन पालन गर्ने प्रयास रहेको देखिन्छ । 
घ। पारदर्शिता
जनविश्वास आर्जन, सहभागिता र सहमति निर्माण, दिगो विकास र उन्नतिको लागि संस्थामा पारदर्शिता अनिवार्य सर्त हो । पारदर्शिताले निर्णय गर्दा र सोको कार्यान्वयनमा विधिको शासन पालना गराउने कुरामा स्वस्फुर्त दबाव सिर्जना गराउँछ । पारदर्शिताले संस्थाका निर्णयबाट प्रभावित हुने पक्षहरुलाई त्यस्ता निर्णय र सूचना सहजै प्राप्त हुने कुराको ग्यारेन्टी गरेको हुन्छ । यस्ता सूचनाहरु सजिलै बुझिने र स्पष्ट हुने गरी सरोकारवाला सबैको पहुँचमा उपलब्ध हुने व्यवस्था नै पारदर्शिता हो । साना किसान सहकारी संस्थामा पारदर्शिताका लागि अवलम्वन गरिएका केही मूख्य कुराहरु देहाय अनुसार छन् । 
(क) साधारण सभाः सबै सदस्यहरुको सामान पहुँच र अधिकार हुने साधारण सभामा सदस्यको माग अनुसारका सबै सूचनाहरु उपलब्ध गराउन पर्ने हुन्छ । वित्तीय विवरण, प्रमुख निर्णयहरु, योजना, प्रगति प्रतिवेदन मात्र होइन सदस्यका जिज्ञासाहरु पनि साधारण सभामा प्रस्तुत हुन्छन् ।  ९८% साना किसान सहकारी संस्थाहरुले कानूनले दिएको अवधि भित्रैमा साधारण सभा गरेका छन् । 
(ख) लिखित निर्णय प्रकृयाः– संस्थाका प्रत्येक अङ्गका निर्णयहरु मौखिक र अदृश्य नभई निर्णय पुस्तिकामा अभिलिखित हुन्छन् । आवश्यकता अनुसार सो निर्णय सरोकारवालालाई जुन सुकै वखत उपलब्ध हुन्छ । 
(ग) पारदर्शी लेखा अभिलेखः– साना किसान सहकारी संस्थाको अर्को बलियो पक्ष लेखा अभिलेख पद्धति हो । संस्थाले दोहोरो लेखा प्रणालीको स्वीकृत लेखा पद्धति अवलम्वन गर्दछ । हिसाव किताबको पोष्टिङ्ग दैनिक रुपमा हुन्छ । हिसाव नियन्त्रण र भिडानका वैज्ञानिक पद्धतिहरु रहेका छन् । आम्दानी र खर्च जनाउन विधिसम्मत प्रकृया छ । कसैले थाहा नै पाउन नसक्ने गरी हिसाब गोलमाल गर्ने त सम्भावना नै छैन । केही घटनाहरु घटेका छन्, तर धेरै दिन लुक्न सकेका छैनन् । 
(घ) स्थानीय कर्ताः– संस्थाका लगानीकर्ता, ऋणी, व्यवस्थापन सञ्चालक, वचतकर्ता सबै स्थानीय हुन्छन् । हिसाव कितावको स्पष्टता भन्दा बढी महत्वपूर्ण कूरा ती स्थानीय नेतृत्वकर्ताहरुको व्यवहारको पारदर्शिता हुने देखिएको छ । समाजले संकास्पद व्यक्तिहरुलाई धेरै दिन स्वीकार्दैन । उनीहरुको व्यवहार सिङ्गो समाजले नियालिरहेको हुने हुनाले “बेपर्दा” को नेतृत्व निर्माण गरी सामाजिक पूँजी निर्माण गर्न सक्नु ठूलो उपलब्धि हो । 
द्ध। उत्तरदायित्व
संस्थाले वार्षिक योजना बनाउँछ । त्यो समय सीमामा बजेट कार्यान्वयन गरी अपेक्षित उपलब्धि हासिल गर्नु पर्ने उत्तरदायित्व सञ्चालक समितिमा हुन्छ । सञ्चालक समितिको २ देखि ४ वर्ष सम्मको कार्यकाल हुन्छ । आफ्नो कार्यकालमा सदस्यहरुको मन जित्ने गरी संस्थाको उचाइ बढाउनु पर्ने उनीहरुलाई दवाव हुन्छ । प्रत्येक क्रियाकलापहरुका लागि जिम्मेवार व्यक्ति तोकिएका हुन्छन् । साधारण सभा प्रति सञ्चालक समिति उत्तरदायी हुन्छ । व्यवस्थापक सञ्चालक समिति प्रति र कर्मचारीहरु व्यवस्थापक प्रति उत्तरदायी हुन्छन् । 
यसै गरी समूह, अन्तर समूह र सञ्चालक समितिहरु पनि एक अर्का प्रति उत्तरदायी हुने व्यवस्था छ । यो उत्तरदायित्वको श्रृङ्खलाले निर्माण गरेको सामाजिक पूँजीले समाजका अन्य क्षेत्रहरुमा समेत सकारात्मक प्रभाव पारेको छ । 
छ। सहमति
सहकारी कानूनले सहमतिलाई उति धेरै स्थान दिएको नभएता पनि कानून नमिचिने गरी साना किसान सहकारी संस्थाको निर्णय प्रकृयालाई सहमतिप्रधान अभ्यासमा विकास गरिएको छ । आधार संगठन–समूहको कार्य विभाजन र वडास्तरीय अन्तर समूहको कार्य विभाजन सर्ब सम्मत ढंगले हुने परिपाटी छ । सञ्चालक समितिको भने निर्वाचन विधि अपनाउनु पर्ने व्यवस्था रहेता पनि धेरै स्थानमा सहमति निर्माण गर्ने गरिन्छ । 
फरक किसिमका रुची र स्वार्थ भएका सदस्यहरुलाई सहमतिमा ल्याउन त्यति सजिलो हुँदैन । तसर्थ सहमति हुन नसकेका बुँदाहरुलाई निर्णयमा पु¥याउन संस्थाले छुट्टै स्वतन्त्र उप समिति बनाउने र सो मार्फत मध्यस्थता गराई सहमतिको बिन्दु खोज्ने परिपाटी विकास गरेका छन् । 
ट। समावेसिता
साना किसान सहकरी संस्थाबाटै साना किसानहरु मात्र यसमा समावेश भएका हुन्छन् । सबै सदस्यहरुको समान हक, अधिकार र कर्तव्य रहने भएता पनि अति गरिव, विपन्न, पिछडिएका वर्गलाई सकारात्मक विभेदद्वारा संरक्षण गरिन्छ । 
वि.सं. ६०÷६१ मा संस्थाहरुमा महिला सदस्य ३०% भन्दा कम थियो । प्रत्येक साना किसान सदस्य परिवारलाई पूरुषको ठाउँमा महिला सदस्य स्थापना गर्ने अभियान चलाइयो । नयाँ गठन हुने साना किसान सहकारी संस्थामा घटिमा ९५% महिला सदस्य हुनु पर्ने व्यवस्था मिलाइयो, त्यो सबै परिणाम स्वरुप २०७०÷७१ मा आइपुग्दा ७०% को हाराहारीमा महिला सदस्य पुगेका छन् । 
भूमि विहिन वर्गको लागि संस्थाले विशेष कर्जाको व्यवस्था गरेको हुन्छ । महंगो प्रवेश शुल्क र ठूलो रकमको सेयर पूँजी राखेर मात्र सदस्यता लिन पाइने “प्रवेश अवरोध” लाई साना किसान सहकारी संस्थाहरुले हाल सम्म अपनाएको देखिदैन । 
चमार, डोम, राउटे, चेपाङ्ग, बनकरिया जस्ता अति पिछडिएका लोपान्मुख जातजातिहरु स्थानीय संस्थाका अभिन्न अंग बनेका छन् । यो सरकारी अभियान होइन, न त गैर सरकारी संस्थाको सहयोग यसमा छ । गाउँले आफैंले निर्माण गरी सञ्चालन गरेको स्थानीय साना किसान सहकारी संस्थाले समावेशिताका लागि स्वस्फूर्त रुपमा गरेको प्रयासमा सुधारको खाँचो होला, पर्याप्त पनि नहोला तर यो ज्यादै सकारात्मक र प्रशंसनीय छ । 
ठ। प्रभावकारिता र कार्यकूशलता
आज भन्दा १५ वर्ष अघि सम्म पनि दुर्गम ग्रामीण क्षेत्रमा एस.एल.सी. उतिर्ण गरेको मानिस पाउन कठिन थियो । त्यही वातावरणमा खुलेका संस्थाहरु आज ४० करोड सम्मको कारोवार गर्न सक्ने भइ सकेका छन् । संस्थाहरुको सञ्चालन खर्च ३% र सो भन्दा कम छ । ९५% संस्थाहरु नाफामा सञ्चालन भई आफ्ना सदस्यहरुलाई लाभांश बाँड्न सफल छन् । औषतमा ३ जना कर्मचारीबाट संस्था चलाइएको छ । सदस्यहरुले आफूलाई आवश्यक परेको अनुकूल समयमा सेवा प्राप्त गरेका छन् । 
लघुवित्तको सरदर सञ्चान खर्च १०–११% को हाराहारी हुन्छ । भनिन्छ । यो लागत अन्तिम उपभोक्ता वा ऋणीलाई व्याज भएर थपिन पुग्छ । साना किसान सहकारी संस्थाको न्यून सञ्चालन खर्चको कारण व्याजदरमा नै अन्य लघुवित्त संस्था भन्दा ७÷८% कम हुन जान्छ । साना किसान सहकारी संस्थाहरु लाभान्वित वर्गकै स्वामित्व र व्यवस्थापनमा त्रि–तहात्मक संरचनामा सञ्चालन हुने यो ढाँचाले (क) स्वस्फूर्त जनसहभागिता गराउँछ (ख) अपनत्व र स्वामित्व वोधका कारण संलग्न पक्षलाई उत्तरदायी र जावाफदेही हुन बाध्य गराउँछ (ग) जसको परिणाम स्वरुप लागत प्रभावकारी हुन जान्छ । हामीसँग लागत प्रभावकारी उपाय हुँदा हुँदै आफ्नो अदक्ष्यताको लागत गरीब ऋणीहरुमा व्याजको रुपमा सार्नु हुँदैन भन्ने साना किसान सहकारी मोडेलले बहस सिर्जना गरेको छ । 
ड। जवाफदेहिता
साना किसान सहकारी संस्थाको प्रत्येक तहमा जवाफदेहिताको स्पष्ट व्यवस्था छ । कर्मचारी अधिकार प्राप्त निकाय सञ्चालक समिति नै आम सदस्यहरुको साधारण सभा प्रति जवाफदेही हुन्छ । अन्तर सदस्यहरुको साधारण सभा प्रति जवाफदेही हुन्छ । अन्तर समूह बैठकमा सम्वन्धित सञ्चालक र कर्मचारीको अनिवार्य उपस्थितिले उनीहरुलाई अझ बढी सदस्य प्रति जवाफदेही बनाएको हुन्छ । 
विधिको शासन र पारदर्शिता बिना जवाफदेहीता प्रभावहिन बन्न पुग्छ । जवाफदेहीतालाई समाजको बनावट, संस्कृति र संगठनको संस्कारले पनि प्रभाव पार्दछ । दण्ड र पुरस्कार पनि जवाफदेहिताका उत्प्रेरक तत्वहरु हुन् । जब दण्डको कुरा आउँछ, साना किसान सहकारी संस्थाहरुमा अलि बढि भावनात्मक सम्बन्धहरु हावी भई लचितो बन्ने गरेको पाइन्छ । 

सहकारी पद्धतिमा सामूहिक व्यवसाय सञ्चालनका लागि समूहले आफैंलाई शासन गर्ने व्यवस्था अपनाएको हुन्छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले अवलम्बन गरेका सहकारीका सात सिद्धान्त नै सुशासनका आधारस्तम्भहरु हुन् ।
ती सिद्धान्तहरुको व्यवहारिक प्रयोगको सन्दर्भमा साना किसान सहकारीलाई यस प्रकार हेर्न सकिन्छ ।
१. स्वेच्छिक तथा खुला सदस्यताः– साना किसान कृषि सहकारी संस्था स्वेच्छिक संगठन हो । यसबाट प्राप्त हुने सेवा, सुविधाहरु उपभोग गर्न चाहने र सदस्यताको उत्तरदायित्व वहन गर्न स्वीकार गर्नेहरुका लागि लिङ्, सामाजिक, जातिय, राजनैतिक वा धार्मिक भेदभाव विना सदस्यता खुला रहन्छ । तर, यी संस्थामा सदस्यताका लागि देहायका योग्यताहरु भने तोकिएका छन् । 
(क) आफ्नो वा आफ्नो एकाघर परिवारको नाममा पहाडमा बढीमा १५ रोपनीसम्म वा तराईमा १ बिगाहासम्म जमिन भएको वा सो जमिनबाट बर्ष भरी खान लाउन नपुग्ने  व्यक्ति वा घर परिवार,
(ख) आफ्नो वा आफ्नो एकाघर परिवारका सदस्यको नियमित आयश्रोत नभई वर्षभरी खान लाउन नपुग्ने व्यक्ति वा घरपरिवार,
(ग) सरकारी निकाय वा अन्य बैंक तथा वित्तीय संस्थाबाट सञ्चालित आयमूलक कार्यक्रमद्वारा कर्जा सहयोग प्राप्त गरी तिर्नु पर्ने बाँकी कर्जा नदेखिएको व्यक्ति वा घरपरिवार,
(घ) दलित, पिछडिएका जाती र जनजातीहरु,
(ङ) साना किसान, लघुउद्यमी एवं विपन्न वर्गका महिलाहरु, र
(च) लघुउद्यमीहरु
यी योग्यताहरु गरिबहरुको पहुँच बढाउन राखिएका सकारात्मक विभेदहरु मान्न सकिन्छ ।
२. सदस्यताहरुद्धारा प्रजातान्त्रिक नियन्त्रणः– साना किसान कृषि सहकारी संस्था पूर्ण रुपमा सदस्यहरुद्वारा नियन्त्रित हुन्छ । यसका सदस्यहरु पनि नीति निर्धारण र निर्णय गर्न सक्रिय रुपमा सहभागी हुन्छन् । निर्वाचित महिला वा पुरुष प्रतिनिधिहरु सदस्यहरु प्रति जवाफदेही हुन्छन् । एक सदस्य एक मतको आधारमा समान मताधिकार निहित हुन्छ । संस्था प्रत्येक तहमा सहमतिको निर्णय प्रकृयालाई प्राथमिकता दिईन्छ ।
३. सदस्यहरुद्वारा आर्थिक सहभागिताः– पुँजी लगानी, बचत, कर्जा प्राप्ति तथा लाभांश प्राप्ति सम्म सदस्यहरुको सहभागिता रहन्छ । संस्थागत पुँजीमाथि सदस्यहरुको समान हक रहेको हुन्छ । सदस्यले सहकारीसँग गरेको कारोबारको आधारमा संरक्षित पुँजीकोष फिर्ता पाउने व्यवस्था हुन्छ । संस्थाले सञ्चालन गर्ने सामाजिक सामुदायिक क्रियाकलापको लाभ सदस्यहरुले प्राप्त गर्दछन् । 
४. स्वयत्तता र स्वतन्त्रता ः– सहकारी स्वायत्त, स्वाबलम्बी र सदस्यहरुद्वारा नियन्त्रित संगठन हो । सरकार तथा अन्य निकायसित कुनै सम्झौता गर्नु परेमा उनीहरुले सदस्यहरुबाट हुने प्रजातान्त्रिक नियन्त्रण र स्वयत्ततामा आँच नआउने शर्तमा गर्दछन् ।सदस्यहरुको हितका खातिर व्यवसाय सञ्चालन गर्ने सिलसिलामा आवश्यक पर्ने नीति नियम संस्था आफैंले निर्माण गर्दछन् । योजना र कार्यक्रम आफैं निर्माण गर्दछन् र त्यसको कार्यान्वयन तथा अनुगमन समेत आफैंले गर्ने संयन्त्र निर्माण गर्दछन् । 
५. शिक्षा, तालिम र सूचनाः– सहकारीले आफ्ना सदस्य, प्रतिनिधि, कर्मचारीलाई शिक्षा तथा तालिम प्रदान गर्दछ । संस्थाले सर्वसाधारण जनता, तरुण पुस्ता र वैचारिक नेताहरुलाई समेत सहकारीको  प्रकृति तथा लाभबारे सुसूचित गर्ने र व्यावसायिक सीप विकास गर्ने कार्यक्रमहरुको आयोजना गर्दछन् ।  
६. सहकारीहरुबीच पारस्पारिक सहयोगः– साना किसान सहकारी संस्थाहरुले सिकाई र सीपको आदानप्रदान गर्न र व्यवसायमा साझेदारी गर्न अन्तरसहकारी समन्वय र सम्बन्ध विकास गर्न थालेका छन् । यसैगरी यी संस्थाहरु विषयगत र राष्ट्रिय सहकारी सञ्जालहरुसँग जोडिएर अन्र्राष्ट्रिय सहकारी आन्दोलनको हिस्सा बन्ने प्रयास गरिरहेका छन् । 
७. समुदायप्रति चासोः– साना किसान सहकारी संस्थाको अर्को बलियो पक्ष यसले सामाजिक सामुदायिक विकासमा पु¥याएको योगदान हो । संस्थाले समुदायलाई लाभ पुग्ने कार्यहरु गर्न स्थानीय सरकार, साना किसान विकास बैंक तथा अन्य सहयोगी निकायहरुसँग स्वभाविक सम्बन्ध विकास गरेको छ ।
संस्थागत सुशासनका लागि साना किसान सहकारी संगठनको स्वरुप
साना किसान सहकारी संस्थाको सांगठनिक संरचना नै सुशासनलाई केन्द्र बिन्दु मानेर निर्माण भएको देखिन्छ । एउटै टोलका ५ देखि १३ सम्म परिवारका प्रतिनिधिहरु स्वस्फूर्त रुपमा समावेश भई आफ्नो आर्थिक र सामाजिक विकासका लागि कार्य गर्ने गरी एक समूह गठन गर्छन् । समूहमा स्पष्ट कार्य विभाजन हुन्छ । समूहको नेतृत्व सर्वसम्मत चयन हुन्छ । अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिवका कार्यहरु तोकिन्छन् । सदस्यहरुले पनि आफ्नो योग्यता अनुसारको जिम्मेवारी लिन्छन् । 
साना किसान सहकारी संस्थाले संगठन संरचनालाई राज्यको प्रशासनिक विभाजन अनुसार मिलाएकोले सिमाङ्कनको स्पष्टता छ । एउटै वडामा गठन भएका समूहहरु मिलेर वडास्तरमा अन्तर समूह निर्माण गर्छन् । वडाका प्रत्येक समूहका अगुवाहरु अन्तर समूहको पदेन सदस्य हुन्छन् । यसरी गठन भएको वडास्तरीय अन्तर समूहले आफू बीचमा सर्वसम्मतिको आधारमा कार्य विभाजन गर्छन् । अन्तर समूहका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र सदस्यहरुको काम कर्तव्य र अधिकार स्पष्ट तोकिएको हुन्छ । समूहबाट तर्जुमा भएका योजनाहरु तथा सामूहिक परियोजना कार्यन्वयनका लागि सहयोग गर्नु, वडा भित्रका समस्या समाधान गर्नु एवं साना किसान सहकारी संस्थाको नीति निर्माणमा वडाका सदस्यहरुको सहभागिता एवं सहमति निर्माण गर्नु अन्तर समूहको प्रमुख जिम्मेवारी रहन्छ । 
प्रत्येक वडाका अन्तर समूहहरुले प्रजातान्त्रिक पद्धतिबाट एक एक जना प्रतिनिधी छनौट गरी गा.वि.स. स्तरीय साना किसान सहकारी संस्थाको सञ्चालक समितिको पदाधिकारी चयन गर्दछन् । यस प्रकार सञ्चालक समितिले संस्थाका सबै अन्तर समूह, समूह र सदस्यहरुको प्रतिनिधित्व गर्दछ ।