Saturday, 29 September 2018

सहकारी संस्थाको आन्तरिक निरिक्षण गर्दा लेखा समितिले ध्यान पु¥याउनुपर्ने पक्षहरु

         सहकारी संस्था सिद्धान्तः स्वनियममा चल्ने निकायहरु हुन । त्यसैले संस्थाका जिम्मेवार व्यक्तिहरुमा  संस्थाको कारोवार, क्षेत्र, आर्थिक तथा सुसासनका विषयमा संस्थाका पदाधिकारी तथा कर्मचारीलाई संस्थाको आन्तरिक चेक जाँच तथा परिक्षण गर्नुपर्ने जिम्वेवारी हुन्छ तर सो को सिप सम्वन्धित पदाधिकारी, कर्मचारीलाई नभएको कारणले सो परिक्षणको प्रभावकारिता हुनुपर्ने जति नभएको अवस्था देखिन्छ । संस्थामा आन्तरिक निरिक्षण सिप विकासको लागि यस आलेखमा टिपोट तयार गरिएको छ ।

१. सहकारी संस्था निरिक्षण जाँचका आधारहरु ः
कुनै पनि निकाय वा संस्थालाई निरिक्षण गर्दा निरिक्षणको आधारहरु हुन्छन । जसको परिक्षण जाँच गर्दै सहि र गलत वा सुधार योग्य विषयवारेमा निरिक्षण गर्ने निकाय, तह अनुसार सुझाव, निर्देशन र कारवाहीका प्रक्रिया अघि वढ्दछन । निरिक्षणका आधारहरु सामान्यतया नियम कानुन नै भएतापनि सहकारी संस्थाको आन्तरिक निरिक्षणको क्रममा भने त्यस वाहेक लेखा, सुसासन जस्ता विषयलाई पनि आधार वनाईनु पर्छ । सहकारी संस्थाको निरिक्षणको लागि निम्न आधारहरु लिन सकिन्छ ः
क) सहकारी ऐन नियम र मापदण्ड
ख) संस्थाको विनियम, नीति र निर्देशिका
ग) साधारण सभाको निर्णय , समितिको निर्णय
घ) लेखा समितिको प्रतिवेदन
ङ) लेखाका नियमहरु, सपोर्ट कागजातहरु
च) सहकारीका अन्र्तराष्ट्रिय सिद्घान्त र मुल्य मान्यताहरु
छ) अन्य पक्षसंग भएको संझौता, निर्देशनहरु
ज) पल्र्स अनुगमन प्रणाली, प्रवृति विष्लेशण

२. निरिक्षणका मुख्य विषयहरु ः
क) लेखा कारोवार( भौचर, सपोर्ट, सहायक खाता, व्यक्तिगत खाता)
ख) लेजर/चारखाता विववरण ः
१. आम्दानी र खर्च
  २. सम्पत्ति र दायित्व
ग) व्यवस्थापन ः
१. कर्मचारी व्यवस्थापन
२. ऋण व्यवस्थापन
३. नगद, वैंक र स्थीर सम्पत्ति, मौज्दात व्यवस्थापन
घ) सुसासन ः
१. साधारण सभा र सभाको निर्णयहरु
२. संस्थाको नीति निर्माण र कार्यान्वयनका अवस्थाहरु
३. समितिको बैठक तथा निर्णयहरु
४. अन्य

३.निरिक्षण गरिने विषयको विष्तृत विवरण ः

क) लेखा कारोवार( भौचर, सपोर्ट, सहायक खाता, व्यक्तिगत खाता) ः
भौचर, सपोर्ट
ड्ड अद्यावधिक रुपमा लेखा भौचर तयार भए नभएको ।
ड्ड तयार गर्ने, चेक गर्ने र सदर गर्नेले दस्तखत गरे नगरेको ।
ड्ड भौचरमा राखिने सर्पोट, प्रमाणीत कागजात भए नभएको ।
ड्ड भौचर र सपोर्ट कागजात स्वीकार योग्य छ वा छैन । 
ड्ड लेखा भौचर मिति अनुसार सिलसिलेवार लेखिएको र लेजरमा सोही अनुसार प्रविष्टी भए नभएको ।
ड्ड पान विल, भ्याट विल, भर्पाई के हुनुपर्ने हो ? के राखिएको छ ? 
               सहायक तथा व्यक्तिगत खाता ः
ड्ड सहायक र व्यक्तिगत खाताको प्रकार, किसिम टिपोट गर्ने ।
ड्ड अद्यावधिक रुपमा प्रविष्टी भए नभएको जाच गर्ने ।
ड्ड सहायक खाता र व्यक्तिगत खाता चेक जाँच र प्रमाणित गरे नगरेको चेक गर्ने ।
ड्ड सफ्टवेयरमा कारोवार भए व्यक्तिगत, सहायक खाताको प्रिन्ट राखे नराखेको चेक गर्ने । संस्थाको सफ्टवेयर प्रणालीको डाटा सुरक्षाको धेरै हदसम्मको विश्वस्त भए मात्र पुर्ण रुपमा सप्mटवेयर डाटालाई मात्र मान्यता दिने ।
ड्ड पास वुक वा सफ्टवेयरको व्यक्तिगत व्यालेन्स र व्यक्तिगत लेजरको व्यालेन्स क्रस चेक गरेको छ छैन, केही नमुनाहरु लिई चेक गर्ने ।
ड्ड व्यक्तिगत खाताको जोड र सहायक खाताको विवरणको भिडान हुन्छ हुदैन चेक गर्ने ।

       ख) चारखाता विववरण ः
१. आम्दानी र खर्च ः
ड्ड संस्थाको कारोवार अनुसारको आम्दानी भएको छ छैन जाँच गर्ने । उदाहरणको लागि बचत तथा ऋणको           कारोवार गर्ने संस्थाले गर्ने आम्दानीमा व्याज आम्दानीको हिस्सा प्रमुख हुनुपर्छ । जरिमाना, शुल्कका हिस्सा          उल्लेख्य पाएमा कारण खोजी गर्ने ।
ड्ड व्याज छुट, कमिसन, शुल्क आदिको गणना गर्दा ठिक ढंगले भएको छ छैन नमुना छनौट गरि चेक गर्ने । 
ड्ड व्याज आम्दानीको दर  र तोकिएको व्याजदर बीच कति फरक छ ? गणना गरि फरक भएको यथोचित             कारण पत्ता लगाउने । तोकिएको दर भन्दा वढि व्याज लगाएमा, जरिमाना व्याजदर धेरै लिएमा, पुरानो                  पाउनुपर्ने व्याज चालु आ.व.मा असुली भएमा, चालु आ.व.मा व्याज असुल नभएमा यो दर तोकिएको                   व्याजदर  भन्दा फरक आउछ । यो दर एक महिनाको हिसावमा सामान्य रुपमा गणना गर्नका लागि ः यस           महिनाको व्याज आम्दानी×१२÷औषत लरर×१०० गरि निकाल्न सकिन्छ ।
ड्ड खर्च बजेटमा भएका शीर्षक र लेजरमा लेखा शीर्षकहरु फरक छन कि छैन्न ? एकै भए बजेट नाघेर खर्च             भएको छ कि छैन चेक गरिनुपर्छ ।
ड्ड खर्चहरु गर्दा औचित्य, यथार्थता छन वा छैनन् चेक गर्नुपर्छ । उदाहरणको लागि साधारण सभामा सदस्यको         उपस्थिती ३०० जना, साधारण सभाको नास्ता विलमा ७०० जनाको भए सो औचित्य पुष्टी गर्न लगाउनुपर्छ ।
ड्ड वास्तविक व्याज खर्च को दर र संस्थाले तोकेको व्याजदर समान आउनुपर्छ । सो गणना निकाली फरक            भए      यथोचित कारण के हो पत्ता लगाउनुपर्छ । 
ड्ड संस्थाले भुक्तान गर्ने कुनै शुल्कमा जरिमाना तिरेको छ कि छैन चेक गरिनुपर्छ । पानी, विद्युत, सवारी,              सम्पत्ति कर, विमा नविकरण आदिमा जरिमाना तिरेको भए जिम्वेवार कर्मचारी पदाधिकारीलाई सो विषयमा         जवाफदेही बनाईनुपर्छ ।
ड्ड ब्याज भुक्तानीमा, कर्मचारी पारिश्रमिक, घरभाडा भुक्तान आदिमा श्रोतमा कर कट्टी भए नभएको र कट्टी           भएको भए अर्को महिनाको २५ गते भित्र कर कार्यालयमा जम्मा गरे नगरेको चेक गनुपर्छ ।
ड्ड नाफा नोक्सान हिसाव रिपोर्ट लिई संस्थाको लेजर संग भिडान  गरि फरक भए नभएको जानकारी लिने ।
ड्ड सहायक खाताको शीर्षकगत जोड र चारखाताको मुख्य शीर्षकसंग भिडान हुनुपर्छ । सो भए नभएको चेक         गर्ने ।
ड्ड संस्थामा भएको सम्पुर्ण खर्चको लेखा भुक्तान नभएपनि राखिनुपर्छ र आम्दानी चाही नगद प्राप्ती भएपछि            मात्र राखिनुपर्छ । आम्दानी र खर्चको विवरणमा यो विषय पनि जाँच गर्न आवश्यक छ । 

      २. सम्पत्ति र दायित्व
ड्ड नाफा वा नोक्सान सहित सम्पत्ति र दायित्व विवरण तयार (वासलात)
ड्ड सवै शीर्षकका सम्पत्ति दायित्वको रकम अध्ययन
ड्ड गत र अनुपातिक दर निरिक्षण
ड्ड बार्षिक कार्यक्रम बजेट, व्यावसायिक योजनासंग तालमेल
ड्ड नगदको भौतिक गणना
ड्ड वैंक हिसाव भिडान
ड्ड लगानी हिसावको प्रमाण र औचित्यता
ड्ड सहायक खाताको जोडसंग मिलेको लरर
ड्ड नियमानुसारको पेश्कि 
ड्ड पुष्ट्याई सहितको पाउनुपर्ने हिसाव
ड्ड सम्पत्तिको विष्तृत विवरण र भौतिक गणना
ड्ड शेयर सदस्यको विवरण अनुसार मिलेको शेयर हिसाव
ड्ड लेखा परिक्षण, सहायक खातासंग मिलेको कोष हिसाव
ड्ड सहायक खाता संग मिलेको बचत हिसाव
ड्ड प्रमाणित भएको, व्यक्तिगत भिडान भएको भुक्तानी दिनुपर्ने हिसाव
ड्ड अनुदान हिसाव

  बाकी अर्को पटक ..........

Thursday, 13 September 2018

साना किसान सहकारीका सदस्यको मौलिक तीज कार्यक्रम , ४ सय २५ महिलालाई तीजको अवसरमा टिकापोते




पुष्प खतिवडा, मनहर्वा,बारा
२७ भाद्र २०७५

साना किसान कृषि सहकारी संस्थाले मनहर्वाको अन्तरसमुह नं.७ श्रीपुरले स्थानिय ३०० र अन्तरसमुह नं.१ मझौलियाले १२५ गरी चारसयबढी महिलालाई तीजको अवसरमा एकथान टिकापोते प्रदान गरेका छन् । बुधबार समुहमा आवद्ध महिलाहरुको अगुवाईमा श्रीपुरको बेलवाडी र मझौलिया स्थीत चोकमा विशेष सांगितीक कार्यक्रमको आयोजना समेत गरि स्थानिय महिलाहरुलाई टिकापोते प्रदान गरिएको हो । 
साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले तीज विशेष कार्यक्रमका लागि उपलब्ध गराएको ९ हजार रकममा सदस्यहरु आफैंले समेत केही रकम थपगरी कार्यक्रमको आयोजना गरिएको र आफूहरुले आयोजना गरेको तीज कार्यक्रम मा नारिहरुको गहना टिका पोते उपहार दिएर पर्वलाई मौलिक रुपले मनाएको अन्तरसमुह नं. ७ श्रीपुरकी मिना कुमारी चौधरीले बताउनु भयो ।
तीज विशेष कार्यक्रममा स्थानिय बालबालिकाले छारीलाई पनी छोरा सरह स्कुल जाने वातावरण बनाउँ भन्ने बाल नाटक प्रस्तुत गरेका थिए । यसका साथै थारुमहिलाहरुको बाहुल्यता रहेको कलैया उपमहानगरपालिका २४ श्रीपुरका महिलाहरुले नेपाली भाषाका तीज गितमा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । 
कार्यक्रममा स्थानिय समाजसेवी, जनप्रतीधिनी, अगुवा, महिलाहरुको सहभागीता रहेको कार्यक्रमको संचालन स्थानिय रामधारी अधिकारीले गरेका थिए ।
  त्यस्तै आजै तीजको अवसरमा संस्थाको सेवाकेन्द्र कार्यालउ उत्तरझिट्कैंया अन्तरगतको अन्तरसमुह नं.१ मझौलियाले पनी स्थानिय १२५ महिलाहरुलाई टिकापोते प्रदान गरेको अन्तरसुह अध्यक्ष रोशा खातुनले जानकारी दिनु भयो ।

Tuesday, 11 September 2018

हेटौडामा साना किसान सहकारी संस्थाहरुको ईलाका स्तरिय समिक्षा


समावेशी र दिगो विकासको अव्वल खम्वा बन्ने यस साना किसान सहकारी मोडलको लघुवित्त कार्यक्रममा साझेदार संस्थाको सहभागीतामा विगत वर्षको समिक्षा र भावी दिनको लागि कार्यदिशा, रणनीति तर्जुमा गरिने यस कार्यक्रमबाट सम्वद्ध सवैले नयाँ गन्तव्य पहिचान गर्ने, सेवामा सुधार गर्ने, अझ वढि सेवा विस्तारको लक्ष्य तय गरेकोछ । कृषि उत्पादन मात्र होइन प्रसोधन र बजारीकरणमा पनि संस्थालाई संलग्न गराई कृषि मुल्य श्रृंखलाको फाईदा किसानको तहमा पु¥याउन बृहत तर विशिष्ट योजना अघि सारिएको छ । 



ग्रामीण गरिवीलाई कम गर्ने कार्यक्रमको रुपमा, कृषि विकास वैंकद्धारा २०३२ सालवाट धनुषा जिल्लाको महेन्द्रनगर र नुवाकोट जिल्लाको तुप्चेबाट साना किसान विकास आयोजना कार्यक्रम शुरु गरिएको थियो । समय अन्तरालसंगै लक्षीत ग्रामीण विपन्न वर्गको शसक्तिकरण, उनीहरुको व्यवस्थापकीय क्षमतामा वृद्धि गर्दै कार्यक्रमलाई दिगो रुपमा  समुदाय आफैले व्यवस्थित संचालन गर्नका लागि  सहकारी ऐन अन्तर्गत साना किसान कृषि सहकारी संस्था लि. विधिवत निर्माण गरिएको हो । साना किसान विकास आयोजनाको साना किसान सहकारी संस्था परिणत गरि समुदायमा हस्तान्तरण र सक्षम साना किसान कृषि सहकारी संस्थाले नयाँ साना किसान कृषि सहकारी संस्थाको निर्माण(अनुशरण) गर्दै  साना किसान सहकारी संस्था लि. हरुको स्थापना हुने क्रम निरन्तर रहेको छ । स्थापना कालमा कृषि वैंकले दिदै गर्दै आएको वित्तीय र गैर वित्तीय सेवाका लागि साना किसान कृषि सहकारी संस्था समेत स्वामित्वमा हाल साना किसान विकास लघुवित्त बित्तीय संस्था लि. को स्थापना भई सेवारत रहेको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि, ले देशै भर ९ ओटा ईलाका कार्यालय मार्फत साना किसान सहकारी संस्थाहरुमा वित्तिय र गैर वित्तीय सेवा प्रदान गर्दै र संस्थाहरुको प्रवद्र्धन गरि आएको छ । यस मध्येको ईलाका कार्यालय, हेटौडाले साविकको नारायणी अञ्चलका ५ वटै जिल्लाका ६२ साना किसान सहकारी संस्था लि र ३ अन्य सहकारी संस्था लि.लाई आवद्ध गराई सेवा प्रदान गरिरहेको छ । आवद्ध संस्था मार्फत मिति २०७५।०३।३१ सम्ममा ८९४८७ परिवारमा साना किसान सहकारी मोडलको लघुवित्त सेवा पुग्न सफल भएको छ । त्यस मध्ये पनि ८६ प्रतिशत महिला
संलग्नता रहेको छ । समुदायको साना किसान सहकारी मार्फत सेवा पुग्दै गर्दा, आवद्ध संस्थाहरुले आफ्ना सदस्यहरुलाई ७ अर्व ८४ करोड ३ लाख ८५ हजार ऋण लगानीमा रहीरहेको रकम छ । त्यसरी परिचालीत रकम मध्ये ५८ प्रतिशत समुदायको आप्mनै श्रोत रहेको, ४२ प्रतिशत मात्र यस वित्तीय संस्थाको श्रोत रहेको विषयले, साना किसान सहकारी संस्था दिगो रुपमा परिचालित हुने दिशातर्फ बढ्दै गरेको निष्कर्ष निकाल्न सकिन्छ ।
साना किसान कृषि सहकारी संस्थाहरुको विशिष्ट कार्य शैली, शुसासनयुक्त व्यवस्थापन, सामाजिक सामुदायिक कार्यक्रम, साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम, पशुधन सुरक्षण कार्यक्रम, सहुलियतपुर्ण पशुपालन कर्जा, सदस्यको जिवनस्तर अनुसारको बचत कार्यक्रम तथा अन्य कार्यक्रमले संस्था र सदस्यलाई जोडेको मात्र होइन समावेशी वित्तीय सेवाका लागि दरिलो पहिचान पनि बनाएको छ । यी सहकारी संस्थाले आप्mना सदस्यलाई दिईने विभिन्न तालिमले सदस्यमा वित्तीय साक्षरता बढाउन पनि उल्लेख्य भुमिका खेलेको पाईन्छ । 
“हाम्रो शक्ति, विपन्नताबाट मुक्ती” भन्ने नारालाई व्यवहारमा उतार्न, चालु बर्षमा सदस्य विस्तार अभियानको रुपमा कार्यक्रम गरिने, युवा लक्षीत कार्यक्रम गरिने, साझेदार साना किसान सहकारी संस्थाको संलग्नतामा, यस साना किसान कृषि सहकारी कार्यक्रमको सेवाको गुणस्तर वृद्धिका लागि ‘गुण वृत समुह’ निर्माण गरि सकृय परिचालन गराईने रणनीति मुख्य हुनेछ । चालु बर्षमा साना किसान सहकारीमा आवद्ध करिव १००० जना सदस्यलाई विभिन्न तालिम दिईने छ  भने “हाम्रो अभियान, सुचना प्रविधिमा एक कदम अघि सानाकिसान” अन्र्तगत  सहकारीका १३० जना कर्मचारीलाई कम्प्युटर तालिम संचालन गरिने छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., ईलाका कार्यालयको आयोजना, केन्द्रीय अक्ष्यक्ष श्री खेमवहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का उप प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, मुख्य प्रवन्धक अन्जु पाठक, नेपाल कृषि सहकारी केन्द्रीय संघका पदाधिकारी समेतको सहभागिता एवं आवद्ध ५ जिल्लाका ६५ साना किसान सहकारी संस्था लि.हरुको प्रतिनीधिहरु संलग्नता र साना किसान सहकारी अभियानका नेतृत्व कर्ताहरुको उपस्थीती रहेको मिति ०७५।०५।२१ गतेको बार्षिक समिक्षा तथा रणनीति तर्जुमा गोष्ठी कार्यक्रममा आप्mनो अमुल्य समय दिई, सहकारीकर्मी किसान सदस्यहरुको हौसला थप गर्नु भएकोमा, अमुल्य बिचार, सुझाव र निर्देशन दिनुभएमा यस अभियानमा सहकार्य गर्ने रुची देखाउनु भएकोमा प्रदेश सरकार, प्रदेश नं. ३, आर्थिक मामिला तथा योजना मन्त्री माननीय श्री कैलाश प्रसाद ढुंगेल ज्यू प्रति आयोजक साना किसान विकास लघुवित्त वित्तीय संस्था लि, ईलाका कार्यालय हेटौडा परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ । 

Friday, 7 September 2018

कम्प्युटर प्रयोग सम्बन्धि व्यवहारिक अभ्यास तालिम शुरु


अभ्यास तालिमका सहभागीहरु
      जिल्ला कृषि सहकारी संघ, रौतहटको आयोजना र साना किसान विकास वित्तिय संस्था लि.ईलाका कार्यालय हेटौडाको सहयोगमा, सा.कि. सन्तपुर रौतहटको सभाहलमा कम्प्युटर प्रयोग सम्बन्धि व्यवहारिक अभ्यास तालिम शुरु भएको छ । यस कार्यक्रममा रौतहट जिल्लाका साना किसान कृषि सहकारी संस्थाका १५ जना कर्मचारीहरुको सहभागिता रहेको छ । 
      ईलाका कार्यालय हेटौडाका अधिकृत दोर्णराज घिमिरे र सहायक निरज सिंह ले सहजीकरण गर्ने तालिम कार्यक्रमको उद्घाटन गर्दै जिल्ला कृषि सहकारी संघ रौतहटका कोषाध्यक्ष श्री धुव्र प्रसाद कोईराला ज्यूले सहभागीलाई यस प्रकारको तालिमको पहिलो पटक आयोजना गरिएकोले अवसरका रुपमा लिई धेरै भन्दा धेरै लक्षीत सिप सिकी काममा गुणस्तर वृद्धि गर्न सुझाव दिनु भएको थियो ।
      कार्यक्रम भाद्र २२ देखि २४ सम्म संचालन हुनेछ ।

Sunday, 2 September 2018

हेटौंडा ईलाका स्तरिय क्वालिटी सर्कल गठन

नेपाल कृषि सहकारी केन्द्रीय संघका सचिव तथा
जिल्ला कृषि सहकारी संघका अध्यक्ष श्री हरि प्र पौडेल,
कार्यक्रममा मन्तव्य राख्दै

हेटौंडा
१४ भाद्र २०७५

-पुष्पराज खतिवडा, बारा

साना किसान विकास लघुवित्त वित्तिय संस्थासँग आवद्ध साना किसान अभियानका १९ जना सहकारीकर्मी सम्मिलित ईलाका स्तरिय क्वालिटी सर्कल गठन गरिएको छ । साना किसान सहकारी अभियानलाई थप प्रभावकारी बनाउन सर्कल गठन गरिएको हो । साविक नारायणी अञ्चल भित्रका ६५ साना किसान कृषि सहकारी संस्थाहरुमा कार्यरत कर्मचारीहरुले जिल्लागत रुपमा छनौट गरि पठाएका प्रबन्धकहरुको संलग्नतामा सर्कलमा रहेको छ ।
 विहिबार हेटौंडामा बसेको प्रतिनीधि प्रबन्धकहरुको बैठकले साना किसान विकास लघुवित्त वित्तिय संस्था ईलाका कार्यालय हेटौंडाका प्रबन्धक शेर बहादुर चौधरीको संयोजकत्वमा सर्कल गठन गरेका हुन् । सर्कलमा चितवन, मकवानपुर, बारा, पर्सा र रौतहटका साना किसान कृषि सहकारीमा कार्यरत १९ जना प्रबन्धक आवद्ध रहेका छन् । सर्कलमा आवद्ध प्रबन्धकहरुले साना किसान विकास लघुवित्त वित्तिय संस्थाको समन्वयमा साना किसान अभियानमा कम प्रभावकारी देखिएका संस्थाहरुको सांङ्गठनिक र आर्थीक पक्ष सुधारमा काम गर्ने संयोजक चौधरीले जानकारी दिनुभयो ।
 यसका साथै आवद्ध प्रबन्धकहरुको बैठकबाट सर्कल मार्फत गरिने कामलाई सहज बनाउने उदेश्यले ७ सदस्य सचिवालन समेत गठन गरिएको छ । सचिवालयमा साना किसान विकास लघुवित्त वित्तिय संस्था ईलाका कार्यालय हेटौंडाका प्रबन्धक शेर बहादुर चौधरी, अधिकृत द्रोर्णराज घिमिरे, साना किसान कृषि सहकारी संस्था लिमिटेड बछ्यौली चितवनाका रामहरी दाहाल, खैरहनीका चन्द्रबहादुर लामीछाने, हाँडीखोला मकवानपुरका सुरेन्द्र तितुङ्ग, डुमरवाना बाराका नारायण क्षेत्री, सन्तपुर रौतहटका मनोज चौधरी रहनु भएको छ ।
साथै पाँचै जिल्लामा रहेका साना किसान कृषि सहकारी जिल्ला संघका अध्यक्षहरुसँगै साना किसान केन्द्रिय अभियानमा संलग्न पद्यादीकारीहरुको संलग्नतामा ७ सदस्सीय सल्लाहाकार समिति समेत गठन गरिएको छ ।
क्वालीटी सर्कल गठन कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड चितवनका अध्यक्ष हरिप्रसाद पौडेल, रौतहटका कोषाध्यक्ष ध्रुबप्रसाद कोईराला लगायत २५ जनाबढीको सहभागीता रहेको थियो ।

Wednesday, 29 August 2018

मेरो देश र साना किसान


कविता


भौगोलिक विविधताले भरिपूर्ण 
कृषि प्रधान देश हाम्रो 
बुद्ध , सगरमाथा अनि पशुपतिनाथको मन्दिर
हेर्दामा पनि सारै राम्रो ।

हरेक कुरामा विविधता छन् 
भाषा धर्म संस्कृति अनि विचारमा
तर सधैँ पछाडि रहृयौँ हामी 
आर्थिक सम्मुन्नति अनि विकासमा ।

सत्तरी प्रतिशत जनताको 
मुख्य पेशा कृषि भएको
तर बिडम्बना अर्बौँ रुपैँयाको 
कृषि उपजकै आयात रहेको ।

अधिकांश युवा शक्ति 
बैदेशिक रोजगारीमा हानिएको
अर्थतन्त्रको अधिकांश हिस्सा
रेमिट्यान्सले धानिएको ।

सम्पूर्ण अस्थिरता , विसंगती अनि गरीबीलाई हटाउनु
पिछडिएका शोषित अनि सिमान्तकृत किसानलाई आत्मनिर्भरताको बाटोमा डो¥याउनु
नयाँ सीप अनि दक्षतालाई उजागर गर्नुपर्ने भएको छ ।
यहि नै त साना किसान अभियानको मूल मर्म रहेको छ ।

ग्रामिण भेगमा बसोबास गर्ने
जसको मूख्य पेशा कृषि भएको 
जो सँग आफ्नो जमिन छैन
भए पनि थोरै मात्र रहेको ।

त्यस्ता परिवार माझ पुगेर
आवश्यक्ता अनुसार सीप प्रदान गरी 
आत्मनिर्भर बनाउँदै व्यवसायिकतातर्फ डो¥याउने
ग्रामिण किसानको जीवनस्तर सुध्रिएमा मात्र
सम्पूर्ण देशको जनताको जीवनस्तर सुध्रिन्छ 
भन्ने बुलन्द मान्यता यस अभियानले राख्दछ ।

बोलेर मात्र होईन हामी गरेर देखाउँछौँ
त्यसैले त लाखौँ परिवार माझ हामी पुगेका छौँ
अब सारा देशभरका किसानलाई 
यो महाअभियानमा समेट्नु छ ।
गरीबी भन्ने शब्दलाई धेरै टाढा लखेट्नु छ ।

हजारौँ साना किसान परिवारको मुहारमा 
यो अभियान मार्फत् खुसी जो दिएका छौँ
निश्चय पनि सफलता प्राप्त हुने
बुलन्द विश्वास हामीले लिएका छौँ ।

गरीबीको तालालाई खोल्ने 
हाम्रो अभियानसँग साँचो छ 
नविनतम विचार , प्रविधि अनि सहयोगको सदैव खाँचो छ ।
जय देश , जय साना किसान ।


२०७४ फागुन १५
हरिशरण ढकाल
सहायक 

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.
इलाका कार्यालय, हेटौँडा

म र मेरो साना किसान विकास अभियान

कविता


बिहानीको झुल्के घामले
मेरो दैलो नटेक्दै
सखारैको “कुखुरी काँ............” को आवाजसँगै
सुरु हुन्थ्यो यो गरिबको दिनचर्या
जुरुक्क उठेर
एक हल गोरु लिएर
खेतमा दिनभरि गोरुसँगै
आफू पनि गोरु भएर जोतिन्थेँ
तैपनि मुखमा माड लाउन
र दुई छाक जोहो गर्न मुस्किल पथ्र्यो ।

पोहोर साल छोरी बिरामी हुँदा लिएको
साहुको ऋणको साँवा–ब्याज तिर्न नसक्दा
ब्याजको स्याज भयो
जतिबेला पनि कामको बोझले थिचिँदा
न त शरीरमा कुनै थकान हुन्थ्यो
न त आँखामा निद्रा नै पथ्र्यो
घरी–घरी साहुको ऋण सम्झेर अत्यास लाग्थ्यो ।

नब्बे नाघेका बा पनि सिकिस्त थिए
आमा पनि टिबीले ग्रस्त थिइन्
जेठो दाइ अरब गएका छन्
र उतैको मरुभूमिमा पाखुरी बजाइरहेका छन्
माइलो दाइ पनि
खै † कुन देशमा हो अर्काको महलमा दरबान बसेका छन्
दाइका जहान र भन्ट्याभुन्टुङलाई
मैले नै पाल्नु परेको छ
परारको भुईँचालोले
घरको पाखो भत्काएको छ
टाल्न सकेको छैन
पैसा पाइन्छ भन्थे मान्छेहरू
खै † अहिलेसम्म गाउँमा कोही देखा परेका छैनन्
जमिन्दारका छोराले सहरमा गएर कति हो बुझिसके रे
आफूले त एउटा चुनादाम पनि पाएको छैन
यो व्यवस्था पनि धनीलाई नै आएको रहेछ
गरिबलाई कसले हेर्छ र †
हाम्रो मर्का कसले बुझ्छ र †

सोच्दथेँ गरिबी ठुलो अभिशाप रहेछ
गरिब भएर बाँच्नुभन्दा त मर्नु नै बेस
धिक्कार्थेँ आफैँलाई
आनै भाग्यलाई अनि कर्मलाई
आफ्नै पुर्पुरो गतिलो नभएपछि के सुख पाइन्थ्यो र भन्ठान्थेँ ।

उहिले–उहिले कसैले भनेको सुनेथेँ–
‘गरिब भएर जन्मिनु तिम्रो गल्ती होइन
बरु गरिब भएर मर्नुचाहिँ ठुलो गल्ती हो’ ।

एक दिन
पल्लो गाउँका जान्नेसुन्ने हर्कबहादुर मास्टरसाबले
मलाई साना किसान अभियानमा सरिक गराए
समूहमा आबद्घ भएँ
सदस्य बनेँ
ऋण लिएँ
अनि साहुको ऋण तिरेँ
आमाबाबुको उपचार गरेँ
तालिम पाएँ
खेती राम्रो भयो
देश विदेश घुमेँ
अरूलाई सिकाएँ
आज मलाई सबैले सामाजिक नेता भनेर चिन्छन् ।

म आज खुसी छु
साना किसान अभियान मलाई बरदान भएको छ
यो अभियान मेरो सपनालाई जीवन्त तुल्याउने विपना भएको छ
अनि यो अभियान
मेरो गरिबी हटाउने महत्वपूर्ण मोड बनेको छ
हो, यो साना किसान अभियान मेरो चिनारी बनेको छ
मेरो दुःखको साथी भएको छ ।


२०७४ फागुन १३
निरज सिँह
सहायक

साना किसान विकास बैँक
इलाका कार्यालय, हेटौँडा